सेयरमा बजारमा सुधार नआउने छनक, नेप्से दोहोरो अंकले घट्यो, किनबेच पनि दुईतिहाईले कमी

Advertisement

काठमाडौंः सेयर बजारमा लामो समयदेखिको गिरावटमा केही सुधार आउने लगानीकर्ताहरुको आशा निराशामा बदलिने संकेत देखिएको छ । अघिल्लो साताको अन्तिम दुई दिन र यो साताको पहिलो दिन निकै राम्रो सुधार भए पनि फेरि बजार घट्ने उच्च भएको छ ।

सोमबार एकल अंकले घटेको बजार आज दोहोरो अंकले घटेको छ । सेयर बजार परिसुचक नेप्से १७ दशमलव ५५ अंकले घटेर एक हजार २७० कायम भएको छ । कारोबार रकम पनि दुईतिहाई भन्दा बढिले घटेर जम्मा ३४ करोड रुपियाँमा सीमित भयो । हिजो कारोबार ९६ करोड रुपियाँभन्दा बढिको कारोबार भएको थियो ।

कुनै पनि समूहको उपसुचक आज सुधार आउन सकेन । सबैभन्दा बढि उत्पादनमूलक समूहको उपसुचक तीन प्रतिशतभन्दा बढिले घटेको छ भने बाणिज्य बैंक समूहको उपसुचक एक दशमलव ३२ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युत समूहको उपसुचक दुई दशमलव ६३ प्रतिशतले घटेको छ ।

Advertisement

Advertisement

Advertisement