भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात

Advertisement

विराटनगरः खाद्यान्नमा आत्मनिर्भर हुन नसकेपछि भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ । चालू आर्थिक वर्षको आठ महिनामा विराटनगर नाका भएर एक लाख ३८ हजार ६७ मेट्रिक टन खाद्यान्न भारतबाट आयात भएको छ । सोमध्ये सबैभन्दा बढी मकै आयात भएको छ ।

चालू आवको फागुनसम्म ५३ हजार ४३ मेट्रिक टन मकै आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरका प्रमुख अरुणकुमार घिमिरेले जानकारी गराए। सोही नाकाभएर ३३ हजार ११८ मेट्रिक टन धान, २३ हजार १९५ मेट्रिक टन गहुँ र २८ हजार ७११ मेट्रिक टन चामल आयात गरिएको छ ।

सोही अवधिमा दुई हजार ५५९ मेट्रिक टन तरकारी, ६ हजार ३११ मेट्रिक टन आलु र ६ हजार २६० मेट्रिक टन प्याज आयात भएको कार्यालयले जनाएको छ । नौ हजार ४५१ मेट्रिक टन विभिन्न प्रकारका फलफूल पनि सोही अवधिमा आयात गरिएको छ ।

Advertisement

Advertisement

Advertisement