आर्थिक बर्षान्तमा सेयर बजारमा दोहोरो अंकको सुधार, किनबेच पनि बढ्यो

Advertisement

काठमाडौं । आर्थिक बर्षको अन्त्यको दिन सोमबार सेयर बजार राम्रै सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से १२ दशमलव २७ अंकले बढेर एक हजार २१२ दशमलव ३६ अंक कायम भएको छ भने कारोबार ११ करोडले बढेर ३१ करोड ८५ लाख रुपियाँ पुगेको छ ।

आज प्रिमियर लाइफ इन्स्योरेन्स एक्लैको पाँच करोड २० लाख रुपियाँको सेयर किनबेच भएको छ । त्यसपछि नविल बैंकको संस्थापक सेयर दुई करोड ६० लाख रुपियाँभन्दा बढिको किनबेच भएको छ । आज अन्यबाहेक सबै समूहका कम्पनीहरुले राम्रै कमाई गरेका छन् । अन्य समूहको उपसुचक शुन्य दशमलव ३८ प्रतिशतले घटेको छ ।

पुँजीगत लाभकरको अन्योलता कायमै रहेको र सेयर धितो कर्जाको व्यवस्थालाई लगानीकर्ताको अपेक्षाअनुसार मौद्रिक नीतिले सम्बोधन गर्न नसकेको अवस्थामा सेयर बजार पछिल्ला केही दिनमा भने केही स्थिर हुँदै सुधार आउन लागेको देखिएको छ ।

आइतबार नेप्से आठ अंकले बढेको थियो । लामो समयसम्ममा सुधार आउन नसक्दा सर्वसाधारण लगानीकर्ताहरु अन्योलमा परेका छन् ।

Advertisement

Advertisement

Advertisement