सिटिजन्सको एफपिओ बाँडफाँड, ४६ हजार ३ सय ८२ जनाले पाए सेयर

Advertisement

सिटिजन्स बैंकले जारी गरेको थप सार्वजनीक निष्कासन (एफपिओ)को बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार एफपिओको बाँडफाँड गरेको हो ।

गोलाप्रथाबाट बाँडफाँड गरिएको एफपिओमा ४६ हजार तीन सय ८२ जनाले सेयर पाएका छन् । जस मध्ये छ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकि सबैले समान १० कित्ताको दरले सेयर पाएका छन् ।

बैंकले असार १५ गतेदेखि नौ करोड २७ लाख रुपियाँ बराबरको चार लाख ६३ हजार आठ सय २६ कित्ता एफपीओ बिक्री खुला गरेको थियो । बैंकले एक सय रुपियाँ अंकित मूल्यमा एक सय प्रिमियम थप गरी प्रति कित्ता दुई सय रुपियाँमा एफपिओ निष्काशन गरेको हो ।

एफपिओमा ६२ हजार सात सय नौ जना योग्य आवेदकहरु मध्येबाट ६१ लाख पाँच हजार छ सय ३० कित्ताको सेयर माग भएकोमा ४६ हजार तीन सय ८२ जनाले मात्र सेयर पाएका छन् । त्यस्तै १६ हजार तिन सय २७ जनाको हात खाली भएको छ भने ७३ आवेदनहरु रद्ध भएको क्यापिटलले जनाएको छ ।

Advertisement

Advertisement