नेपाल सन् २०३० सम्म मध्यम आयस्तरको मुलुक बन्ने विश्व बैंकको अनुमान

Advertisement

काठमाडौं । विश्व बैंकले नेपालको विकासका लागि अपेक्षा गरिएजस्तो नीतिगत सुधार नभएको बताएको छ । सरकारले गरेको नीतिगत परिवर्तन र सुधारलाई ध्यानपुर्वक हेरेर निश्कर्ष निकालिएको विश्वबैंकका नेपाल निर्देशक चिमाओ फ्यानले बताए ।

अर्थमन्त्री युवराज खतिवडा पनि सहभागि एक कार्यक्रममा फ्यानले नेपाल सन् २०३० सम्म मध्यम स्तरको आय भएको मुलुक बन्ने भएकोले सरकार रेमिटान्समाभन्दा अन्तै केन्द्रित भएको बताए ।

नेपालमा सार्वजनिक स्रोत पर्याप्त नभएकाले निजी क्षेत्रको सक्रिय सहभागीता आवश्यक रहेको उनले बताए । विश्व बैंकले यसैका लागि जोड गर्दै विकासलाई गतिमा लैजान आर्थिक तथा राजनीतिक वातावरण सुधारिनुपर्ने जनाएको छ ।

लगानी आकर्षित गर्न पूर्वाधारको विकास, ठूलो बजार तथा पारदर्शी र सहयोगी नीति आवश्यक रहेकोमा त्यसतर्फ सरकारले काम गर्नुपर्ने उनले बताए । विश्व बैंकले नेपाल भूराजनीतिक रुपमा अन्य देशभन्दा असहज अवस्थामा रहेको भन्दै यही कारण नेपालले यस अघिका आर्थिक वृद्धिभन्दा राम्रोमात्र नभई अरुकोभन्दा राम्रो गर्नुपर्ने बताएको छ । यसै सन्दर्भमा बोल्दै फ्यानले नेपाल राजनीतिक स्थिरता र विकासतर्फ उन्मुख देखिएकाले नेपालले अरुकोभन्दा राम्रो गर्नसक्ने पनि बताए ।

उनले भने, ‘सरकारले कही गर्न खोजेको छ । तर पहिला धेरै काम गर्न बाँकी थिए, त्यसैले अहिले भएका काम पर्याप्त छैन ।’ उनले थपे, ‘अब नेपालको विकासका लागि सबै विकल्पहरु प्रयोग गरेर अघि बढ्नु पर्छ ।’

कार्यक्रममा अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय व्यापार युद्धले नोपलजस्ता मुलुकलाई नकारात्मक प्रभाव परेको बारे विश्व बैंकलाई गुनासो गरे । उनले निजी क्षत्रेको लगानीलाई परिचालन गरेर सरकार अघि बढ्ने पक्षमा रहेको भन्दै त्यसका लागि बाह्य लगानी आकषिर्त गर्ने गरी कानुन र नीतिहरु परिमार्जन गर्ने क्रममा रहेको बताए ।

Advertisement

Advertisement

Advertisement