मङ्सिर १० गतेदेखि पाँचदिने बैंकिङ 'ट्रेनिङ' सञ्चालन हुँदै

Advertisement

काठमाडौं ।  आउने मङ्सिर १० गतेदेखि  नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युटसँगको सहकार्यमा मिडिया इन्टरनेशनलले काठमाडौँमा बैंकिङ ट्रेनिङ संचालन गर्ने भएको छ । उक्त ट्रेनिङ  पाँच  दिनसम्म चल्नेछ ।

सबै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार गर्नका लागि बैंकहरुले गाउँगाउँमा शाखा स्थापना गरिरहेका छन्।  बैंकले उक्त शाखाहरुमा रोजगारको लागि ठुलो संख्यामा कर्मचारी आह्वान गर्ने हुँदा  बैंकिङ क्षेत्रमा यतिबेला रोजगारीका प्रशस्त ढोकाहरु खुलेका छन् ।

बैंकिङ्ग क्षेत्रका  विषयमा नै अध्ययन गरेका विद्यार्थीहरुमा समेत व्यवहारिक ज्ञान एवम् बैंकिङ सम्बन्धी जानकारी पर्याप्त नभएका कारण आफ्नो योग्यता भएपनि अनुभव नहुनाले  विद्यार्थीहरु बेरोजगार भएर बस्नुपर्ने अवस्था छ ।

यस्तै कुराहरुलाई मध्यनजर गर्दै मिडिया इन्टरनेशनलले बैंकिङ करिअर बनाउन चाहनेहरुलाई लक्षित गरी बैंकिङ ट्रेनिङको आयोजना गर्न लागेको जनाएको छ । वित्तीय क्षेत्रबारे इच्छुक जुनसुकै व्यक्तिले पनि सहभागीता जनाउन सक्ने तालिममा वित्तीय क्षेत्रबारे अत्यावश्यक विषयहरुका बारेमा सम्बन्धित विषयका विज्ञ व्यक्तिहरुबाट जानकारी गराइनेछ ।

ट्रेनिङमा बैंकिङ विज्ञ, बैंकर्स र केन्द्रीय बैंकका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा सहभागी हुन चाहने व्यक्तिका लागि तीन हजार पाँच सय रुपैयाँ शूल्क निर्धारण गरिएको छ ।

बैंकिङ ट्रेनिङ सम्बन्धी थप जानकारीका लागि ९८६१३१५११७ मा सम्पर्क गर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement