डिस होमले रमाइलो च्यानलमा रमाइलो कार्यक्रमहरु थप्ने

Advertisement

काठमाडौं । डिस होमले आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्न आफैंले प्रवद्र्धन गरेको रमाइलो टिभिमार्फत नयाँ नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारण गर्ने भएको छ । डिसहोमले उक्त टिभि च्यानलमा ‘दृष्टि’, ‘अपराध’, ‘एकादेशको चुरिफूरी’ र ‘लुछाचुँडी’ नामक नयाँ धारावाहिक टेलिश्रृंखला दर्शकमाझ ल्याउन लागेको हो ।

डिस होमले ल्याउन लागेको नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला ‘दृष्टी’,मा नेपाली समाजमा महिलाले भोग्ने सुख दुःख का कथाहरु समेटिने छ । चर्चित निर्देशक ऋषि लामिछाने निर्देशित यस टेलि श्रृखंलामा सरिता लामिछाने, मिथिला शर्मा, कविता गेलाल र स्वयं निर्देशक ऋषि लामिछानेको मुख्य भुमिका रहेको छ । टेलि श्रृखंला दृष्टी प्रत्येक शुक्रवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुने डिस होमले जनाएको छ ।



समाजमा घटेका अपराधिक सत्यघटनामा आधारित रहेर (सिआइबि फाइललाई आधार मानि) नाट्य रुपान्तरीत कार्यक्रम ‘अपराध’ तयार पारिएको छ । रानिबारी हत्याकाण्ड, बसन्तपुर एसिड आक्रमण जस्ता घटनाहरुको सम्पुर्ण विवरण सहित नाट्य रुपान्तरण गरिएको कार्यक्रम अपराध प्रत्येक शनिवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।

चर्चित हास्यँ कलाकारहरुको अभिनय रहेको ‘एकादेशको चुरीफूरी’ र ‘लुछाचुँडी’ लगायतका हाँस्य प्रधान टेलिश्रृंखलाहरुले दर्शकलाई पेट मिचि मिच हसाँउने छन् । ‘एकादेशको चुरीफूरी’ प्रत्येक शुक्रवार साँझ ८ः०० बजे र ‘लुछाचुँडी’ प्रत्येक शनिवार साँझ ८ः०० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुने डिस होमले जनाएको छ ।

डिस मिडिया नेटवर्कले रमाईलो टेलिभिजनका अलावा नेपालकै पहिलो तथा एकमात्र खेलकुद च्यानल एक्शन स्पोर्टस्, नेपाली चलचित्रहरु प्रशारण हुने च्यालन प्लस मुभि, गीत संगीतका च्यानलहरु गुञ्जन, सिने हिट्स र बलिउड बिट्स, बाल बालिकाहरुका लागि जुनियर टिभि जस्ता च्यानलहरु संचालन गरिरहेको छ । यी च्यानलहरु डिशहोम डिटिएच र सिम टिभि डिजिटल केबल नेटवर्कमा प्रशारण भइरहेका छन् ।

त्यसैगरी निकट भविष्यमा मेघा धारावाहिक श्रृंखला, रियालिटी शो, लभ सिरिज, हरर र थ्रिलर सिरिज पनि निर्माण गरि प्रसारण गरिने डिस होमले जनाएको छ । नेपाली मनोरञ्जन उद्योगका दिग्गज निर्देशक, लेखक तथा प्राविधिकहरुको संग्लनतामा तयार हुने यी कार्यक्रमहरुले विदेशी कार्यक्रमहरुको स्वाद लिईरहेका नेपाली दर्शकहरुलाई पनि आफ्नै मौलिक कार्यक्रमहरुले आकर्षण गर्ने बताइएको छ ।

रमाईलो एचडि तथा एक्शन स्पोर्टस् एचडिका लागि ओरिजिनल ईन्टर्टेन्मेन्ट (ओइपिएल)ले कार्यक्रमहरु उत्पादन गर्दै आईरहेको छ । ओइपिएलले यसका अलावा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु र विज्ञापन निर्माण तथा प्रसारण गर्ने कन्टेन्ट हबको रुपमा पनि अगाडि बढी रहेको छ ।

Advertisement

Advertisement

Advertisement