आइएमई ट्राभलद्वारा सटल बस सेवा प्रारम्भ

Advertisement

काठमाडौं । आइएमई ट्राभलले अंग्रेजी नयाँ वर्ष–२०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवाको प्रारम्भ गरेको छ ।

चन्द्रागिरि हिल्सको सीटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिनविहान १० बजे छुट्ने उक्त बस सेवाले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलङ्कीहुँदै चन्द्रागिरि हिल्सको बस स्टेसनसम्मको दुरी तय गर्नेछ ।

साँझ ४ बजे चन्द्रागिरि हिल्स लिमिटेडको बस स्टेसनबाट छुट्ने उक्त बससेवा कलङ्की, सोल्टीमोड, सोह्रखुट्टे, कान्तिपथ, लाजिम्पाटहुँदै पानीपोखरीसम्म आइपुग्ने छ ।

चन्द्रागिरि सम्म पुग्न इच्छुक स्वदेशी तथा विदेशी पर्यटकहरूको सहज आवागमनलाई मध्यनजर गर्दै यस्तो सुविधा सम्पन्न बस सेवा संचालनमा ल्याएइको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताए ।

Advertisement

Advertisement

Advertisement