विवाहका लगन सकिएपछि सुनको मूल्य घट्यो

Advertisement

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ६२ हजार एक सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले घटेर ६२ हजार रुपियाँमा कारोबार भएको छ ।

त्यसैगरी आज (सोमबार) तेजावी सुनको मूल्य ६१ हजार सात सय रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार एक सय ५५ रुपियाँ कारम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेर सात सय ७५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ६४ रुपियाँ पचास पैसा कायम गरेको छ ।

Advertisement

Advertisement