आजबाट राष्ट्र बैंकले एघार अर्ब ६१ करोडको ट्रेजरी बिल बिक्री गर्दै

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) सोमबार पनि एघार अर्ब ६१ करोडको ट्रेजरी बिल बिक्री जारी गर्न लागेको छ । बैंकले आइताबार एक सूचना प्रकाशित गरी ट्रेजरी बिल बिक्री गर्ने जनाएको हो ।

एक अर्ब रुपियाँ बराबरको ट्रेजरी ९१ दिने अवधि, तीन अर्ब रुपियाँको एक सय ८२ दिनका लागि र तीन सय ६४ दिनका लागि चार अर्ब ३६ करोड बराबरको ट्रेजरी बिक्री गर्न लागिएको हो । बैंकले यस अघि चैत ११ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

Advertisement

Advertisement