बुद्ध एयर भन्छ- ६८ यात्रुको सुरक्षा र सुविधाका लागि सञ्चारमन्त्रीलाई कुरिरहन सकिएन्

Advertisement

काठमाडौं । मौसम खराबीका कारण सञ्चारमन्त्री गोकुल बाँस्कोटाको मंगलबार भैरहवाबाट काठमाडौँ उडान छुटेको बुद्ध एयरले स्पष्ट पारेको छ । सञ्चारमन्त्री छुटेको समाचार सञ्चार माध्यममा छाएपछि बुद्ध एयरले विज्ञप्ति निकालेर ६८ यात्रुको संवेदनशिलतालाई मध्यनजर गर्दै उडान रोक्न नसकिएको बताएको हो ।

काठमाडौँ–भैरहवाको उडान नं ८५७, उडान समय साँझ चार बजेको सट्टा काठमाडौँ विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका सात बजे भएको र अवतरण सात बजेर ३२ मिनेटमा भएको थियो ।

बुद्धएयरले भनेको छ, “मौसम खराबीको कारण जहाज तुरुन्तै काठमाडौँ फर्कनुपर्ने वाध्यता थियो । यदि अर्को ३०–३५ मिनेट कुर्नु परेको भए मौसमका कारण भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो, ६८ यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नु पथ्र्यो । सुरक्षित र सकभर समयमै उडान भर्नु हाम्रो पहिलो दायित्व हो ।”

Advertisement

Advertisement

Advertisement