रसुवागढी र सान्जेनको आइपीओ आज बाँडफाँड  हुँदै, आवेदकले कति कित्ता सेयर पाउलान् त ?

Advertisement

काठमाडौं । ‘जनताको जलविद्युत’ अन्तर्गतको र सुवागढी र सान्जेन हाइड्रोपावर कम्पनीको साधारण सेयर (आइपीओ) आज बिहीबार बाँडफाँड हुँदै छ । ऊर्जा मन्त्रालयको सभा हलमा बिहीबार दिउँसो ३ बजे आइपीओ बाँडफाँट हुने कार्यक्रम तय भएको छ ।

रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओमा १ करोड ७१ लाख ३१ हजार ५१० कित्ताका लागि आवेदन परेको छ । ३ लाख २ हजार ५३२ जनाले १ अर्ब ७१ करोड ३१ लाख ५१ हजार रुपियाँ बराबरको सेयर भरेका छन्। यसले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर निष्कासन गरेकामा ४ प्रतिशत (४ लाख १० हजार ५२६ कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (५ लाख १३ हजार १५७ कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको छ ।

बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । रसुवागढीका आवेदकले अधिकतम ४० कित्तासम्म सेयर पाउने देखिएको छ ।

त्यस्तै, सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ३ लाख ४ हजार जनाले १ करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरको हो । यसमध्ये ४५ (२ लाख १९ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (२ लाख ७३ हजार ७५० कित्ता) म्युचुअल फन्डलाई छुट्याएर बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरलाई सर्वसाधारणलाई बिक्री गरिएको हो । सान्जेनका लगानीकर्ताले अधिकतम २० कित्तासम्म सेयर पाउने भएका छन् ।

आइपीओ बाँडफाँट कार्यक्रममा ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन पनि सहभागी हुनेछन् ।

Advertisement

Advertisement

Advertisement