बुद्धको जन्मोत्सवमा लुम्बिनी झकिझकाउ, लुम्बिनी भ्रमण बर्षको औपचारिक शुभारम्भ

Advertisement

लुम्बिनी । विश्व शान्तिका दूत गौतम बुद्धको जन्मोत्सवमा बुद्ध जन्मलस्थल लुम्बिनी सजिएको छ । शनिबार बिहानैदेखि मायादेवी मन्दिरमा बिहानैदेखि बौद्धमार्गी भिक्षु, पर्यटक एवं तीर्थालुहरुको ठूलो भीड लागेको छ । आज बुद्धको २५६३औ जन्म जयन्ती हो ।

भिक्षुहरु लुम्बिनी ग्रामका थुप्रै विहार तथा गुम्बामा पूजापाठ र ध्यान गरिरहेका देखिन्छन भने विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरुले शान्ति पदयात्रा गर्दै विश्व शान्तिको कामना गरे । वैशाख पूर्णिमाको अघिल्लो दिन शुक्रबार मायादेवी मन्दिरदेखि लुम्बिनी ग्रामका बिहार र गुम्बासम्मलाई सजाइएको दृश्य निकै मनमोहन थियो ।

शुक्रबार नै प्रधानमन्त्री केपी ओलीले मायादेवी मन्दिर परिसरमा रहेको पुष्करणी पोखरीको डिलमा दीप प्रज्वलन गरेका थिए । यो २०७६ साललाई प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्षका रुपमा समेत मनाउने निर्णय गरेअनुसार ओलीले आज यसको शुभारम्भ गरे । लुम्बिनी जाऔं, शान्तिको सञ्देश फैलाऔं भन्ने नारासहितको भ्रमण वर्षको शुभारम्भ गरिएको हो ।

भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । पर्यटक बढाउन नै लुम्बिनी क्षेत्रमा अहिले थुप्रै सुविधायुक्त होटल पनि निर्माण भइरहेका छन् ।  प्रधानमन्त्री ओलीले शुक्रबार साँझ राजा शुद्घोधनको तिलौराकोटस्थित दरबारको भग्नावशेष अवलोकनसमेत गरे । उनले शनिबार बिहान मायादेवी मन्दिरमा विशेष पूजा गर्ने, शान्ति र्‍यालीे शुभारम्भ गर्ने, भिक्षु भिक्षुणीलाई भोजन दान गर्ने, फलफूलका बिरुवा रोप्ने र झण्डोक्तोलन गर्ने जस्ता काम समेत गरे ।

ओलीसँग प्रायः हरेक कार्यक्रममा पुग्ने सत्तारुढ नेकपाका महासचिव बिष्णु पौडेल लुम्बिनीमा पनि सँगै थिए । पौडेल बालुवाटारको सरकारी जग्गा खरिद प्रकरणमा मुछिएपछि चर्चित बनेका छन् ।

kp-oli-lumbini

kp-oli-lumbini

Lumbini

Advertisement

Advertisement

Advertisement