सेयर बजार फेरि सेलायो, तर शिवमको सेयरमा भने आकर्षण जारी

Advertisement

काठमाडौं । पछिल्लो साता केही सुधार देखिएको सेयर बजार फेरि सुस्ताउन थालेको छ । आज सेयर बजार परिसुचक नेप्सेमा नगन्य सुधार भएको छ भने सेयर कारोबारमा पनि निकै कमी आएको छ ।

नेप्से शुन्य दशमलव ३४ अंकले घटेर एक हजार ३०३ कायम भयो भने १७० कम्पनीको ५१ लाख ९५ हजार रुपियाँको सेयर कारोबार भयो । केही दिनअघि एकै झण्डै डेढ अर्ब रुपियाँसम्मको कारोबार भएको थियो । समग्र बजारमा शिथिलता देखिए पनि शिवम सिमेन्ट्सको सेयरमा भने उत्साह कायमै देखिएको छ ।

आज पनि यो कम्पनीको सबैभन्दा धेरै सात करोड ३१ लाख रुपियाँको कारोबार भयो भने सेयर मूल्य पाँच प्रतिशतले बढेको छ । आज धेरै नाफा गर्नेमा स्पर्श लघुवित्तका लगानीकर्ता अगाडि छन् । घाटा धेरै खानेमा सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ता अगाडि छन् ।

समूहगत कारोबारतर्फ म्युचुअल फण्ड समूहको वृद्धि उच्च रह्यो । यो समूहको सुचक साढे चार प्रतिशतभन्दा बढिले बढेको छ भने उत्पादनमूलक समूहको सुचक एक प्रतिशतभन्दा बढिले बढेको छ । बाँकी समूहमा सामान्य घट्बढ रहेको छ ।

Advertisement

Advertisement