इन्फिनिटीको आईपीओ बाँडफाँडः ६३ हजारले पाए, दुई लाख बढीको हात खाली

Advertisement

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बुधबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार ६२ हजार ९९३ जनाले १० कित्ता सेयर पाएका छन् । यो आइपीओले औसत भन्दा तल जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ पाएको छ ।

इन्फिनिटीको आइपीओमा ६२ हजार ९ सय ९३ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । यो आइपीओमा ३ लाख २९ हजार ७९ जनाले ६९ लाख २९ हजार ९१० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए । ६२७ जनाको १७ हजार २४० कित्ता आवेदन भने विभिनन कारणले रद्द भएको क्यापिटलले जनाएको छ ।

सदर भएको सेयर मध्ये ६२ हजार ९९३ जनालाई १०र१० कित्ताका दरले ६ लाख २९ हजार ९३० कित्ता बाँडफाँड गरिएको थियो । बाँकी २ लाख ६६ हजार ०८६ जनाले संस्थाको एक कित्ता सेयर पनि पाएका छैनन् । संस्थाको सेयरमा माग भन्दा बढी आवेदन परेकाले लाखौँ लगानीकर्ताको हात खाली भएको हो ।

क्यापिटलका अनुसार संस्थाको सेयरमा माग भन्दा ११.०३ गुणा आवेदन परेको थियो । १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीले कुल ६ लाख ७४ हजार कित्ता सेयरमध्ये ३३ हजार ७०० कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयर कर्मचारी र सर्वसाधारणलाई बिक्री गरेको थियो । त्यस्तै, उक्त आईपीओमा संस्थाको कर्मचारी तर्फबाट कूल १६६ जनाको आवेदन परेको थियो, जसलाई जम्मा १० हजार ३७० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

इन्फिनिटीले जारी पुँजी २० करोड ७४ लाख रुपियाँको ३२.५५ रकम बराबरको सेयर बिक्री गरेको हो । इन्फिनिटीको आइपीओ बिक्रीपछि चुक्ता पुँजी २० करोढ ७४ लाख पुग्नेछ ।

Advertisement

Advertisement