सिद्धार्थ बैंकले दुईशाखा र एक शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्यायो

Advertisement

काठमाडौं । सिद्घार्थ बैंकले दोलखाको चरिकोट र रामेछापको गोकुलगंगामा दुई शाखा र एक शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।

बैंकको चरिकोट शाखाको उद्घाटन भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी, शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बैंकका प्रबर्धक सेयरधनी आत्मकृष्ण श्रेष्ठले र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले गरे।

बैंकले देसभरि एक सय ५६ शाखा (चार एक्स्टेन्सन् काउन्टर सहित), एक सय शाखारहित बैंकिङ्ग सेवा, एक सय ६९ एटिएम र १३ सय बढी पियोएस मेसिन छन्।

Advertisement

Advertisement

Advertisement