घोडीघोडा लघुवित्तको आईपीओ आजबाट खुल्यो

Advertisement

काठमाडौं । घोडीघोडा लघुवित्तको आईपीओ असार २० गतेदेखि खुल्ला भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपियाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता सेयर बिक्रीमा ल्याएको हो।

कम्पनीको १ लाख ३२ हजार ६०० कित्ता आईपीओ खुलेको हो । जसमध्ये १ लाख २४ हजार ५९० कित्ता सेयर सर्वसाधारणलाई र बाँकी संस्थाका कर्मचारी र म्युचुअल फण्डलाई दिइने छ । लघुवित्त कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपियाँदेखि एक हजार कित्ताको लागि एक लाख रुपियिाँसम्मको आवेदन दिन सक्नेछन् । लगानीकर्ताले धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूण कार्यालय तथा मेरोसेयरबाट समेत आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिने अन्तिम दिन असार २५ गते बुधबारसम्म रहेको छ। आईपीओ १२ हजार ४५९ जना आवेदकले मात्र पाउनेछन् ।

घोडाघोडीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्ता पूँजी एक करोड १० लाख ५० हजार छ। कञ्चनपुरमा केन्द्रीय कार्यालय भई कैलाली र कञ्चनपुर जिल्लाका ६ वटा शाखाबाट कारोबार गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement