बैतडीमा विद्युत् विस्तार हुन सकेन

Advertisement

बैतडी । बैतडीको पाटन नगरपालिका–८ को आरुबाटा तिम्ले टोलमा ४ वर्षमा पनि विद्युत् विस्तार हुन सकेको छैन् । कूल १२० बढी घरधुरी रहेको सो ठाउँमा विद्युत् विस्तारका लागि चारवर्ष पहिला पोल गाड्ने तथा तार जोड्ने काम भए पनि विद्युत् भने अहिलेसम्म शुरु भएको छैन् ।

केही पोल र तारको काम भए पनि काम बीचमै अधुरो रहेको स्थानीय वीरसिंह महराले बताएका छन् । विद्युत् प्राधिकरण र ठेकेदारको लापरवाहीका कारण गाउँमा विद्युत् विस्तार हुन नसकेको उनले भने ।

विद्युत् विस्तारका लागि विद्युत् प्राधिकरणसँग पटक–पटक आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएको उनले गुनासो गरेका छन् । ठेकेदारको लापरवाहीका कारण विद्युत् विस्तार नभएको र अबको केही दिनभित्रै काम सकेर सेवा शुरु गरिने विद्युत् वितरण केन्द्र पाटनका इञ्चार्ज पुष्पराज पन्तले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement