होटल व्यवसायी सङ्घ रौतहटको अध्यक्षमा पुनः अर्याल

Advertisement

तहट । होटल व्यवसायी सङ्घ रौतहटको अध्यक्षमा पुनः देवेन्द्र अर्याल चयन भएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार सम्पन्न सङ्घको तेस्रो अधिवेशनले अर्यालको अध्यक्षमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

यसैगरी, सङ्घको प्रथम उपाध्यक्षमा राजन अधिकारी, उपाध्यक्षमा सुरेन्द्र साह, महासचिवमा मदन तिमल्सिना, कोषाध्यक्षमा आशिष दाहाल, सचिवमा रामहरि श्रेष्ठ, सहसचिवमा शिवराम राउत चयन भएको सङ्घले जनाएको छ ।

सङ्घका अनुसार सदस्यहरुमा अरुण लामा, सुमन कार्की, गङ्गा खड्का, सरिता पौडेल, रुपक तिमल्सिना, पप्पु तिवारी, वीरेन्द्र साह र रामयण साह रहेका छन् भने वरिष्ठ सल्लाहकारमा खड्ग बम्जन तथा विनोद गुप्तालाई चयन गरिएको छ । गौर तथा गरुडाबाट दुई–दुई र वाग्मतीबाट एक सदस्यलाई मनोनित गर्न बाँकी रहेको सङ्घका जिल्ला अध्यक्ष देवेन्द्र अर्यालले बताए।

सो अवसरमा अध्यक्ष अर्यालले चन्द्रनिगापुरमा साना तथा ठूला होटलको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै नगरलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि होटल व्यवसायीको पनि महत्वपूर्ण भूमिका रहेको जानकारी दिए ।

यसअघि अधिवेशनको उद्घाटनसत्रमा बोल्दै प्रदेशसभाका सदस्य धनलाल ठोकरले व्यवसायमा देखिएको नकरात्मक र खराब प्रवृत्तिलाई अन्त्य गर्दै नमूनायोग्य होटल बनाउन व्यवसायीलाई अनुरोध गरेका छन् । होटल तथा लजका कारण चन्द्रनिगाहपुर क्षेत्र प्रख्यात रहेको उल्लेख गर्दै उनले तीनै तहका सरकारले व्यवसाय प्रवद्र्धनमा जोड दिनुपर्ने बताए ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक कवित कटुवालले होटल क्षेत्रबाट नै आपराधिक तथा अन्य क्रियाकलाप हुने भएकाले यसतर्फ सजग र सचेत रहन तथा ग्राहकको सम्पूर्ण विवरण सुरक्षित राख्न होटल व्यवसायीलाई आग्रह गरेका छन् ।

Advertisement

Advertisement

Advertisement