ग्लोबल आईएमईको कार्डहरु जुनसुकै ठाउँका पीओएस मेशिनमा कारोबार गर्न सकिने

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल (पीओएस) मेशिनमा कारोबार गर्न मिल्ने सेवा सुचारु गरेको छ । चिनियाँ ह्याकरहरुले नेपाली बैंकहरुबाट पैसा चोरेपछि रोकिएको यो सेवा सुचारु भएको हो ।

यससँगै डेबिट, क्रेडिट तथा प्रिपेड कार्डवाहकले चिपमा आधारित सम्पूर्ण पीओएस मेशिनहरुबाट कारोबार गर्न सकिनेछ । ग्लोबल आईएमई बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको सो बैंकले जनाएको छ ।

Advertisement

Advertisement