होलीको दिन पेस्तोल र तरबार देखाएर १२० तोला सुन लुटियो

Advertisement

सिन्धुली । होलीको दिन हतियारधारी समूहले १२० तोला सुन लुटेको छ । बुधबार भएको यस घट्नाअनुसार स्टलबजारमा कालिगढले बनाउँदै गरेको ६० लाख रुपियाँ मूल्य बराबरको सुन लटेर लगेको हो ।

स्वचालित पेस्तोल तथा तरबारसहित आएको लुटेरा समूहले कालिगढबाट सुन लटेर लगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सबै होलीतिर रमाइरहेको बेला लुटेराहरुले सुन लुट्ने मौका मिलाएको हो । उद्योग बाणिज्य संघको कार्यालय पछाडीको कोठा भाडामा लिएर गरगहन बनाउँदै आएका कालिगढहरुले बनाइरहेका गरगहना सबै लुटिएको छ ।

कालो माक्स लगाएर आएका उनीहरुले कपालमा होलीको रंग लगाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनाको जानकारी भएपछि प्रहरी पुग्दा लुटेराहरु पहिले नै फरार भइसकेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बजारका विभिन्न ठाउँबाट गरगहना बनाउन अर्डर आएअनुसार बनाउन ल्याइएका गहनाहरु रहस्यमय तरिकाले होलीको दिन लुटिएको हो ।

घटनापछि सिन्धुली उद्योग बाणिज्य संघले प्रेस विज्ञप्ति जारी गरेर उद्योगी, व्यापारीले आफ्नो व्यापार, व्यवसाय संचालन गर्दा राज्यतर्फबाट पाउनुपर्ने सुरक्षालगायतका अन्य अधिकार सुरक्षित गर्न सम्बन्धित निकायको ध्यानार्षण गरेको छ । संघले घट्नामा संलग्न रहेकाको यथाशीघ्र पहिचान गरी कानुन अनुसारको कार्वाही अगाडि बढाइदिन पनि अनुरोध गरिएको छ ।

Advertisement

Advertisement

Advertisement