काठमाडौं । हङकङबाट नेपाल एयरलाइन्स विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
बिहीबार राति ११ बजे राहदानी वाहक दुई चिनियाँ नागरिकलाई ४/४ किलो सुनसहित पक्राउ गरिएको हो । उनीहरुमाथि अनुसन्धान जारी रहेको विमानस्थल प्रहरी प्रमुख डिआईजी सूर्य उपाध्यायले बताए।
कान्तिपुर दैनिकबाट ।