काठमाडौं । बैंकिङ कसुरु मुद्दामा नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालिन प्रवन्धक भुपराज कोइराला पक्राउ परेका छन् । शाखा प्रवन्धक हुँदा उनले बैंकलाई नभएको दायित्व सिर्जना गराई अनुचित लाभ लिएको अनुसन्धानबाट देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।
कोइरालालाई पाटन उच्च अदालतबाट सात दिन म्याद थप गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । उनी गत शुक्रबार पक्राउ परेका हु्न । त्यस्तै, सीआईबीले संरक्षित वन्यजन्तुको ओखटोपहारसहित नौ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट संरक्षित वन्यजन्तु सालकको छाला, भालुको पित्त, चितुवाको छाला बरामद गरिएको छ ।
पक्राउ पर्नेमा महोत्तरी बर्दिवासका सिंहबहादुर मोक्तान, मकवानपुर बकैयाका कालबहादुर जिम्बा, धादिङ खनियावासका सुके तामाङ, धादिङ त्रिपुरासुन्दरीका उमेश अधिकारी, धादिङ सिद्धलेखका इश्वर थपलिया, दोलखा बैतेश्वरका राजकुमार दाहाल र ललितबहादुर विक, बैतडी दोगडाकेदारका हरिश भट्ट, नुवाकोट विदुरका सरोज ओझा, काठमाडौं तारकेश्वरका अखिल लामा कैलाली लम्की चुहाका कृष्ण साउद रहेका छन् ।