काठमाडौँ । बैंकिङ कसुरका फरार व्यक्तिलाई काठमाडौँबाट पक्राउ गरी आज कारागार चलान गरिएको छ ।
उच्च अदालत पाटनको आदेशले जरिवाना र कैद सजाय तोकिए पनि फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–१ का राजेन्द्र बुढाथोकी आज कारागार चलान भएका हुन् । उच्च अदालत पाटनको गत असोज २८ गतेको फैसलाले उनलाई १५ दिन कैद र रु पाँच लाख जरिवाना हुने फैसला सुनाएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोलीले सोमबार काठमाडौँको गोलढुङ्गाबाट उनलाई पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतले आजै केन्द्रीय कारागार सुन्धारा पठाएको हो ।
उनले व्यवसायका लागि रकम आवश्यक पर्यो भनी रु पाँच लाख ऋण लिएर पैसा नभएको बैंकको चेक दिएको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए । सोही आधारमा मधु बुढाथोकीको जाहेरीले उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा परेको थियो ।