काठमाडौं । जिल्ला अदालत सिन्धुलीले तपस्वीको भेषमा बस्दै आएका रामबहादुर बमजनलाई पक्राउ गर्न अनुमति दिएसँगै उनको आश्रममा पुगेको प्रहरीलाई रित्तो हात लागेको छ । प्रहरी पुग्नुअघि नै बमजन आश्रमबाट फरार भएका छन् ।
अदालतको अनुमति पाएसँगै नेपाल प्रहरीको टोली शुक्रबार बिहान बमजनको सिन्धुलीस्थित आश्रममा पुगेको थियो । प्रहरी पुग्दा आश्रममा बमजन बस्ने मूलघरमा ताला लगाईएको भेटिएको प्रहरीले जनाएको छ ।
आश्रममा नभेटेपछि प्रहरीले वरपरको जंगलमा खोजतलास गरे पनि बमजनलाई फेला पर्न सकेन् । आफ्नै अनुयायीको हत्या गरेको, तीन आनी र एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप खेप्दै आएका बमजनविरुद्ध प्रहरीमा किटानी जाहेरीसमेत परेको छ ।