मधेसी मोर्चा पनि आइतबारबाट संसदमा सहभागी हुने, सडक र संसद दुवैतर्फबाट संघर्ष गर्ने

Advertisement

काठमाडौं । नयाँ संविधानप्रति असन्तुष्टी जनाउँदै सडक आन्दोलनमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब संसदमा पनि सहभागी भएर आफ्नो आन्दोलन अघि बढाउने भएका छन् । 

मोर्चा सम्वद्ध चार मधेसी दल बिगत करिव अढाई महिनादेखि आन्दोलन गर्दै आएकोमा आइतबारबाट संसदमा सहभागी हुने निर्णय गरेका हुन । मोर्चामा तराई मधेस लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम नेपाल, सदभावना पार्टी र तराई मधेस सदभावना पार्टीसम्वद्ध ३५ सांसद छन् ।

Advertisement

उनीहरुले नयाँ संविधानमा प्रदेशको सिमांकन, जनसंख्याको आधारमा प्रतिनिधित्वलगायतका विषयलाई अठाउँदै सीमा नाकाहरुमा अवरोधलगायतका आन्दोलन गर्दै आएका थिए । उनीहरुले तराईमा पहाडलाई नजोडिकन दुई प्रदेश हुनुपर्ने बताउँदै आए पनि प्रमुख दल र अन्य साना दलहरुले अस्वीकार गर्दै आएका छन् । 

मधेसममा जारी आन्दोलनलाई संसदबाट बल पुर्याउने उद्देश्यले संसदमा सहभागी हुन लागेको मधेसी नेताहरुले जनाएका छन् । संसदलाई बहिस्कार गरेको भने पनि यसअघि प्रधानमन्त्री निर्वाचनमा सहभागी भएपछि मधेसमा उनीहरुको चर्को आलोचन भएको थियो । 

मधेसी नेताहरुले आफ्ना माग पूरा गर्न संविधान संशोधन गराउनुपर्ने जरुरी रहेकोले त्यसको लागि दबाब दिन संसदमा सहभागी हुन लागेका भन्दै सडक र संसद दुवै तिरबाट सरकार र प्रमुख दलहरुलाई दबाब दिने जनाएका छन् । 

Advertisement

Advertisement