कपिलवस्तु । नारी दिवस मनाइरहेको बेला महाराजगञ्ज नगरपालिका– १ की एक महिलामाथि तेजाब प्रहार गरिएको छ । तेजाबका कारण ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
निधार र शरीरमा तेजाब लागेर घाइते भएकी गुप्ताको कपिलवस्तु जिल्ला अस्पताल हुँदै युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । सामान्य विवादमा छिमेकी हरिनारायण बरईले उनीमाथि तेजाब प्रहार गरेको प्रहरीको भनाई छ ।
क्रिकेटको ब्याड भाँचिएपछि त्यसको पैसा तिनुपर्ने विषयमा झगडा हुँदा ब्याट्री मर्मत गर्ने बरईले आफ्नो पसलबाट ब्याट्रिमा प्रयोग गरिने तेजाब ल्याएर प्रहार गरेका थिए । प्रहरीले बरईलाई पक्राउ गर्नुका साथै उनको पसलबाट तेजाबसमेत बरामद गरेको छ । साथै उनीमाथि मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।