अब व्यवसायिक घराना, कम्पनी, अर्थविद् र कार्यकारी प्रमुखहरुको विवरण कर्पोरेट नेपाल डटकममा

Advertisement

काठमाडौं । कर्पोरेट नेपाल डटकमले नेपालको व्यवसायिक घराना, कम्पनी, अर्थविद् र कार्यकारीहरुको विवरण एकैठाउँबाट हेर्न मिल्ने व्यवस्थाको सुरुवात गरेको छ । यस अनलाइन खबरपत्रिकाको कर्पोरेट लिष्टिङ्समा गएर सरोकारवाला आफैले आफ्नो विवरण राख्न सक्नेछन् । 


नेपालका सबै कर्पोरेट हाउस (व्यवसायिक घराना), कम्पनी, अर्थविद् र कार्यकारी प्रमुखहरुको विवरण एकै ठाउँमा खोज्न सकियोस्, उनीहरुको इतिहासदेखि विद्यमान क्रियाकलाप, आर्थिक अवस्था, उद्देश्य र भावी योजनाका बारेमा पाठकहरुले सहज सुचना प्राप्त गरुन भनेर यसको सुरुवात गरिएको हो । सम्वन्धित व्यक्ति तथा संस्थाले भर्ने विवरणलाई आधिकारिका जाँच गरेर मात्रै प्रकाशित गर्ने व्यवस्था गरिएको छ । 

Advertisement


यसमा सुची गर्दा गर्नेको विवरणसहित सम्वन्धित संस्था एवं व्यक्तिको लोगो एवं तस्विर क्लिक गर्दा उनीहरुको वेभसाइट तथा सामाजिक सञ्जालको खातामा पुग्न सकन्छ । यसका लागि सेवाग्राहीले कुनै दस्तुर बुझाउनु पर्दन । यसलाई पाठकहरुको रायसुझाव अनुसार थप सुदृढ र पारिमार्जित गर्दै लगिने कर्पोरेट नेपाल डटकम व्यवस्थापनले जनाएको छ । 

 

Advertisement

Advertisement