काठमाडौं–दिल्ली उडान पुस २ बाट, बेंगलुरु, मुम्बई, कोलकाता र बनारस अझै अनिश्चित

Advertisement

काठमाडौँ । कोभिड महामारीका कारण ८ महिनादखि रोकिएको नेपाल–भारत व्यावसायिक उडान पुस २ देखि सञ्चालन हुने भएको छ । तत्काललाई काठमाडौं–दिल्ली मात्रै उडान हुनेछ । बेंगलुरु, मुम्बई, कोलकाता र बनारस उडान भने खुलाइएको छैन ।

नेपालले गत बिहीबार गरेको उडानको प्रस्तावलाई स्वीकृत गरेको नोट भारतले बिहीबार कूटनीतिक नियोगमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतलाई पठाएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । 

Advertisement

उनका अनुसार नेपाली ध्वजावाहक नेपाल एयरलायन्स र भारतीय ध्वजावाहक एयर इन्डियाले दिनमा काठमाडौं–दिल्ली एकरएक उडान गर्न पाउने छन् । चैत ९ गतेदेखि रोकिएको नियमित उडान २ सय ७१ दिनपछि खुला हुँदा भारतमा उपचारका लागि जाने बिरामी, विद्यार्थी, व्यापारीलगायतलाई राहत मिल्नेछ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement