नेपाल टेलिकमलाई पनि डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल टेलिकमलाई पनि विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) सेवा प्रदायकको लाइसेन्स प्रदान गरेको छ । यसले डिजिटल पेमेन्टलाई थप विस्तार गर्न ठूलो मद्दत पुग्ने आशा लिइएको छ । 

अब नेपाल टेलिकमका प्रयोगकर्ताले पनि आफ्नो मोबाइलमा भएको ब्यालेन्सबाट सहजै सामान खरिद गर्न पाउने भएका छन् । उक्त सेवाका लागि कम्पनीले आवश्यक पूर्वाधार तयार पारेर गत पुसको अन्तिम साता राष्ट्र बैंकमा निवेदन दिएको थियो । 

Advertisement

यस सेवाका लागि नेपाल टेलिकमले छुट्टै कम्पनीसमेत खडा गरेको छ । उक्त कम्पनीको पूर्वाधार मूल्यांकन गरी डिजिटल पेमेन्ट सेवा सञ्चालनको अनुमति दिइएको हो । मोवाइल प्रयोगकर्ताले सामान खरीदका लागि पर्याप्त ब्यालेन्स रिचार्ज गर्नुपर्ने हुन्छ । 

यस्तो सेवा सञ्चालनका लागि राष्ट्रि बैंक र टेलिकमबीच गत बर्ष नै सम्झौता भए पनि पूर्वाधार तयार गर्ने क्रममा ढिलाई भएको थियो । 

Advertisement

Advertisement