जुरिच (स्वीट्जरल्यान्ड) । फुटबलका विश्व प्रसिद्ध नेताहरु सेफ ब्लाटर र मिसेल प्लाटिनीमाथि विश्व फुटबल महासङ्घ (फिफा)को अनुशासन समिति (इथिक्स कमिटी)ले सोमबार आगामी आठ वर्षका लागि फुटबलका औपचारिक गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ ।
फिफाको अनुशासन न्यायाधीशले ब्लाटर र प्लाटिनीले फिफाको अनुशासन (इथिक्स रुल्स) आफ्नो फाइदाका लागि उल्लङ्घन गरेको फैसला सुनाउँदै ब्लाटरलाई ५० हजार स्वीस फ्रान्क र प्लाटिनीलाई ८० हजार चारसय स्वीस फ्रान्कको जरिवाना तोकेको हो ।
फैसलामा भनिएको छ, “न त ब्लाटरको लिखित कागजातले न उहाँको व्यक्तिगत सुनुवाईमा २० लाख अमेरिकी डलरको भुक्तानीलाई सही दाबी गर्न सकेको छ, त्यसैले समिति उहाँहरुलाई फिफा कानुनबमोजिम छ वर्ष जेल र जरिवाना तोकेको छ ।”
फिफा अध्यक्ष ब्लाटर र लामो समयदेखिका उहाँका सहयोगी प्लाटिनीलाई खेल जगत्बाट करिब एक दशकका लागि निष्कासित गर्ने निर्णय फिफाको अनुशासन समितिले गरेको हो । प्लाटिनी फिफाको युनियन अफ युरोपिएन फुटबल एसोसिएसन (यूईएफए)का पूर्व अध्यक्ष हुन ।
सन् २०११ मा करिब एक दशक पहिले खर्च गरिएको भनी फिफा अध्यक्ष ब्लाटरले यूईएफए अध्यक्ष प्लाटिनीलाई २० लाख अमेरिकी डलरलगायतका विभिन्न आर्थिक अनियमितता तथा पदीय मर्यादा विपरित कार्यहरु गरेको आरोपका सम्बन्धमा फिफाको अनुशासन समितिले उनीमाथि अनुसन्धान अघि बढाएको थियो ।
अनुशासन समितिको फैसला आएपछि पत्रकार सम्मेलन गर्दै ब्लाटरले आफूमाथि लगाइएको प्रतिबन्धलाई चुनौती दिँदै आफू यस निर्णयका विरुद्धमा अनुशासन समितिमाथिका निकायमा पुग्ने जनाए ।” आवश्यक परे फिफाको साख गिर्न नदिनका लागि आफूमाथि लगाइएको आरोप पुष्टि गर्न अदालतको ढोका ढकढकाउनसमेत पछि नपर्ने उनले भने ।
आफूमाथि लागेको आरोप निराधार भएको भन्दै ब्लाटरले आफूले केही गल्ती नगरेको दावी गरे । “म अन्तिम समयसम्म न्यायका लागि सङ्घर्ष गर्नेछु ।” उनको भनाई । करिब ५२ मिनेट लामो पत्रकारसँगको संवादपछि ब्लाटरले बिदा हुने बेलामा भने, “म फेरी फर्किनेछु, धन्यवाद ।”
फैसलासँगै ब्लाटरको फिफाको १७ वर्ष लामो अध्यक्षता र करिब ४० वर्ष लामो फिफासँगको आवद्धता हाललाई अपमानजनक रुपमा अन्त्य भएको छ । फिफाका उपाध्यक्ष तथा यूईएफएका अध्यक्ष प्लाटिनीको फिफाको उत्तराधिकारीका लागि आगामी फेब्रुअरी २६ मा हुने निर्वाचनको दौड फैसलासँगै लगभग अन्त्य भएको छ ।
पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै फिफाका आकाङ्क्षी मानिँदै आएका प्लाटिनीले भने, “फैसला साह्रै निरासाजनक भएको छ । मलाई दुःख छ तर लज्जाबोघ भने विल्कुल छैन ।” म फुटबलको आगामी दिनका लागि नेतृत्व दिन नसकेकोमा दुःख महसुस भएको छ, तर यसको मतलब मलाई कुनै लज्जाबोध भएको छैन किनकी हामीले केही गल्ती गरेका छैनौँ ।
म अब आठ वर्षका लागि निलम्बित भएको छु, आठ वर्षका लागि । तर केका लागि आठ वर्षको निलम्बन यसका लागि न्याय पाउन सङ्घर्ष गर्नेछु । यसैबीच ८० वर्षीय ब्लाटरले आगामी फ्रेब्रुअरीमा आफ्नो उत्तराधिकारी चयन गर्ने फिफा सम्मेलनको अध्यक्षता गर्ने चाहना व्यक्त गरेका छन । एपी