बीमाको पहुँच २७ प्रतिशत पुग्यो भन्ने सरकारी दाबी जीवन बीमक संघद्धारा अस्वीकार

Advertisement

काठमाडौं । जीवन बीमक संघले बीमाको पहुँच २७ प्रतिशत पुगेको भन्ने सरकारी दाबी सही नरहेको जिकिर गरेको छ । पछिल्लो समय बीमा समितिले कडा नीति अपनाउँदै गर्दा संघले पहिलो पटक बीमा समितिकै त्रुटी औल्याएको हो ।

संघका एक पदाधिकारीले कर्पोरेट नेपालसँग भने, ‘अहिले हामीले जहाँ पनि बीमाको पहुँच २७ प्रतिशत पुग्यो भन्ने सुन्छौं । तर त्यसको आधिकारीकता कहं पनि छैन ।’ उनले बीमा समितिमा पनि सो तथ्यांक नरहेको दाबी गरे । 

Advertisement

समितिले बीमाको पहुँच २७ प्रतिशत पुगेको बताउँदै आएको छ । प्रथम बीमाशुल्क बापतको पहुँच २२ प्रतिशत रहेको र पाँच प्रतिशत पहुँच भने वैदेशिक रोगजारीको बीमालाई जोडेर भएको बताएको उसको भनाई छ । तर उक्त तथ्यांकमा जीवन बीमक संघ नै सन्तुष्ट छैन् । 

संघको जिम्मेवार पदमा रहँदा र बीमा क्षेत्रको लामो अनुभव हाँसिल गर्दा पनि आफूलाई समितिको तथ्यांकप्रति  निकै असन्तुष्टि हुने गरेको ती पदाधिकारीले बताए । पछिल्लो समय भने बीमा समितले नयाँ सफ्टवयर ल्याउने अन्तिम तयारी गरिरहेको जनाएको छ । सो सफ्टवेर ल्याएपछि बीमा क्षेत्रका तथ्यांकहरू व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ । 

बीमा पहुँच ३३ प्रतिशत पुर्याउनु पर्ने सरकारी टार्गेट  
सरकारले आउँदो आर्थिक बर्षमा बीमाको पहुँच ३३ प्रतिशत पुर्याउनुपर्ने टार्गेट दिएको छ । बीमाको पहुँच बढ्नु राम्रो कुरा भए पनि कतिबाट ३३ प्रतिशत पुर्याउने ? अन्योलता रहेको संघका ती पदाधिकारी बताउँछन् । उनले बीमाको वास्तविक पहुँच कति छ ? भन्ने यथार्थ तथ्य सार्वजनिक गर्नुपर्ने बताए । 

आधिकारीकता खोजी गर्ने निकाय नरहेकाले समितिले तथ्यलाई तोडमोड गरेको उनको तर्क छ । उक्त क्रियाकलापले पनि बीमा बजारमा असर गर्ने उनले बताए । 

संघको आरोप समितिद्धारा अस्वीकार 
बीमा समितिका प्रवक्ता राजुरमण पौडेलका अनुसार बीमा समितिले सबै तथ्यांक आपूmहरूले सुरक्षित राखेको दाबी गर्छन् । उनले कर्पोरेट नेपालसँग भने, ‘बीमा समितिले तथ्यांककै आधारमा सबै काम गर्ने हो । हाम्रा तथ्यांक अहिले नै हेर्न मिल्छ । बीमाको पहुँचसम्बन्धी हिसाब–किताब राम्रोसँग राखेका छौं ।’ 

तर जीवन बीमक संघले समितिसँगको छलफलमा नै एक्चुरीले जटिल समस्या औल्याएको सुनाउँदै बीमा क्षेत्रको यथार्थ तथ्यांक संकलन गर्न ढिलाई गर्न नहुने बताएको छ । 

Advertisement

Advertisement