आईपीओ जारी गर्ने तयारीमा युनियन लाइफः अब कम्पनी ४५ डिग्रीले उकालो चढ्दै जान्छः कर्ण

Advertisement

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको ६४ करोड ५० लाख रूपियाँ बराबरको साधारण सेयर (आईपीओ) असार २४ गतेदेखि बजारमा आउँदैछ । उक्त आईपीओमा लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमारलाल कर्ण आग्रह गर्छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले लगानीकर्ताले लगानी गर्नुअघि कुनै पनि कम्पनीको विगत हेर्नुपर्ने हुन्छ भन्दै युनियन लाइफ एग्रेसिभरूपमा अघि बढ्ने कम्पनीमध्ये एक बन्न पुगेको बताए ।

Advertisement

कम्पनीलाई अहिले नाफा–घाटा होला, त्यो मात्रै त्यति ठूलो कुरा होइन भन्दै कर्णले तर भोलि कम्पनीले लगानीकर्तालाई कति नाफा बाँड्नसक्छ ? भन्ने कुराले ठूलो अर्थ राख्छ भने त्यो कुरामा युनियन लाइफ धनी रहेको उनको भनाई छ ।

कर्ण भन्छन्, ‘म लगानीकर्तालाई लगानी गर्नु अगाडि हाम्रो भौतिक पूर्वाधारको अध्ययन गर्नु भन्छु । अहिले मैले दक्ष कर्मचारीहरू कम्पनीमा राखेको छु । अब आगामी दिनमा भनेको त युनियन लाइफ ४५ डिग्रीले उकालो चढ्दैछ जान्छ ।’

उनले आउँदा दिनमा युनियन लाइफको व्यवसाय बढ्ने बताउँदै छोटो समयमै कम्पनी देशका धेरै स्थानीय तहसम्म पुगेको बताए । अरू कुनै पनि कम्पनीले एकै पटक डेढ–दुई सय शाखा खोल्ने हिम्मत नगरेको अवस्थामा युनियन लाइफले शाखा सञ्जाल विस्तार गरेको कर्णले देखाए । 

दुई सय वटा शाखा कसैले खोल्छ भने त्यस्ता कम्पनीलाई टिक्न पनि धौ–धौ हुन्छ भन्दै उनले तर युनियन लाइफले भने त्यस्तो किसिमको कुनै समस्या नभएको दावी प्रस्तुत गरे । कर्णले भने, ‘मैले यहाँ चार वर्ष रात दिन मेहनत गरेको छु । अब आउँने चार वर्षको अवधिमा त युनियन लाइफ कहाँबाट कहाँ पुग्छ । मतलब कम्पनी धेरै माथि पुग्ने निश्चित जस्तै छ ।’

सीईओ कर्णले कम्पनीको जग बलियो बनाएकाले अब १० तल्ला थप्न समेत आफूहरू सक्षम रहेको पनि बताए । ‘तपाईंहरू मलाई विश्वास गर्नुहोस्, आगामी दिन हामो निकै सुनौला छन्’, उनले भने, ‘हामीले जुन हिसाबले एक तल्ला बनाउन मेहनत गरेका छौं, त्यसले त भोलिका दिनमा अरू धेरै तल्ला थप्नको लागि निकै सघाउँछ ।’

कर्णले युनियन लाइफमा सहजै व्यवसाय थप्न सक्ने, धेरै काम गर्न सक्ने अवस्था बनेको बताउँदै यो कुराबारे अधिकांश लगानीकर्ताहरू पनि जानकार रहेको बताए । उनले भने, ‘उहाँहरूले युनियन लाइफको वास्तविकताबारे अध्ययन गर्नुभएको छ । यही कम्पनीमा लगानी गर्नुहुन्छ भन्ने मैले विश्वास पनि लिएको छु ।’

आफूहरूले समूहमा गर्ने कामलाई विश्वास गर्ने र सोही कारण युनियन लाइफले अहिले बीमा बजारमा राम्रो प्रस्तुती पनि दिइरहेको भन्दै सीईओ कर्णले आगामी दिनमा कम्पनीले दिने प्रतिफल पनि बढ्दै जाने बताए । कम्पनीमा प्रवद्र्धकहरूको समूह निकै दह्रो रहेको, व्यवस्थापकहरू पनि अब्बल रहेको र कर्मचारीहरू पनि अनुभवी रहेको उनले बताए । 

आवश्यक पर्दा राति १२ बजे पनि सेवा प्रवाह गरिरहेकै कर्णले सुनाए । उनले कोरोना महामारीको समयमा पनि जुम्लाको मान्छेले बीमा गर्छुुभन्दा काठमाडौंबाट सहयोग गर्ने गरेको बताउँदै उनले कम्पनी संरचनागतरूपमा बलियो रहेको, बीमितको सेवामा समर्पित कर्मचारीहरू रहेकोले आईपीओमा धेरै गुणा बढि लगानी पर्ने अनुमान आफूहरूले गरेको बताए ।

युनियन लाइफको ६४ करोड ५० लाख रुपियाँको आईपीओ असार २४ गतेदेखि, कस्तो छ कम्पनी/कति कित्ता भर्ने ?

युनियन लाइफले ६४ करोड ५० लाख रुपियाँको आईपीओ निष्काशन गर्ने, सेबोनले दियो अनुमति 

 
  

Advertisement

Advertisement