केएमसी अस्पतालले शुरु गर्यो रोबोर्टबाट शल्यक्रिया

Advertisement

काठमाडौँ । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालले रोबोर्टबाट शल्यक्रिया गर्न शुरु गरेको छ । त्यसरी गरिएको शल्यक्रिया नेपालकै लागि पहिलो हो ।

अस्पतालले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । न्यूरोसम्बन्धी शल्यक्रिया रोबोर्टबाट गरिएको उक्त अवसरमा बताइयो । एड्भान्स, न्यूरोसाइन्स सेन्टरका निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डा अमित थापाको अगुवाईमा न्यूरो सर्जरी प्रक्रिया शुरु भएको हो ।

Advertisement

अब चिकित्सकले शल्यक्रिया गर्दा  रोबोर्टले सघाउने छ । सूक्ष्म एवम् जटिल शल्यक्रिया गर्दा रोबोर्टले सघाउने र काम गर्न थप सहज हुने केएमसी अस्पतालका कार्यकारी अध्यक्ष डा. सुनिलकुमार शर्माले जानकारी दिए ।  

Advertisement

Advertisement