काठमाडौं । बुद्ध एयरको काठमाडौंबाट विराटनगर गएको जहाजको ल्याडिङ गेयरमा समस्या आपछि पुनः काठमाडौंमा नै फर्किएको छ । यो जहाज अवतरण गर्न नसकेपछि काठमाडौं नै फर्किएको र आधा घण्टोदखि आकासमै घुकेको घुम्यै छ । ७७ जना यात्रु रहेको जहाजको ल्याण्डिङ गेयरमा समस्या आएपछि अवतरण गर्न नसकी आकाशमा घुमाइराखिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
त्रिभुवन विमानस्थल माथिको आकासमा घुमाउँदै इन्धन रित्याएपछि आपतकालिन अवतरण गराउने तयारी भइरहेको त्रिअ विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलका महाप्रन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरको यो जहाजको एउटा मात्रै ल्याण्डिङ गेयर खुलेको र एउटा नखुलेका कारण अवतरण गर्न नसकेको हो । समस्या पहिल्याउने र जहाजलाई अवतरण गराउने प्रयास भइरहेको उनले बताए ।
यो जहाजको दुबै ल्याण्डिङ गेयर नझरेसम्म अवतरण गर्न समस्या हुने भएकोले इन्धन सिध्याएर आपतकालिन अवतरण गराउने तयारी गरिएको हो ।
तिवारीका अनुसार जहाज अवतरण गराउन दमकल, हवाई सुरक्षासहितका आकस्मिक अवतरणमा अपनाउनुपर्ने तयारी भइरहेको छ । हाल विमानस्थलको धावनमार्ग खाली गरिएको र उक्त जहाजलाई सुरक्षित तवरले अवतरण गराउने प्रयास भइरहेको उनले बताए ।