बिजुली आयात शून्यमा झर्यो, निर्यात नहुँदा करोडौंको बिजुली खेर जाँदै

Advertisement

काठमाडौं । माथिल्लो तामाकोशी औपचारिक रूपमा राष्ट्रिय प्रसारणमा जोडिएपछि नेपालको बिजुली आयात औपचारिक रूपमै शून्यमा झरेको छ ।  नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार मंगलबार नेपालको बिजुली आयात शून्यमा झरेको झर्नुका साथै अनौपचारिरूक रूपमा हुने निर्यात ४९७ मेगावाट प्रतिघण्टा रहेको पनि उल्लेख छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार माथिल्लो तामाकोशी राष्ट्रय प्रसारणमा जोगिएपछि नै नेपालको बिजुली आयात करिब शून्यमा नै झर्दै आएको थियो ।

उनका अनुसार इन्टरनेसनल ट्रकलाइनका डेडिकेटेड लाइनबाट पावर फ्लो हुँदा देखिएको निर्यात र आयातको तथ्यांकलाई प्राधिकरणले जारी गर्ने गर्दा कहिले आयात त निर्यात भएकाको भने तथ्यांकमा देखिने गरेको मात्रै हो । अन्यथा औपचारिक रूपमै पछिल्लो समय नेपालमा बिजुली आयात हटेको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए । उनका अनुसार यस्तो ट्रक लाइनको पावर फ्लोको व्यवस्थापन हुँदा बिजुली आयात वा निर्यात भएको देखिने मात्रै भएपनि यो औपचारिक रूपमा भएको आदनप्रदान भने मानिदैन् ।

Advertisement

आयात घटेसँगै बिजुली किन्नमा नेपालले वार्षिक २० अर्ब रुपयाँभन्दा बढी खर्चने गरेकोमा आव त्यो आधाभन्दा बढीले घट्ने छ । प्राधिकरणका अनुसार वर्षातको समयमा बिजुली आयात शून्यमा झरेको भएपनि अझै हिँउदमा भने आयात गर्नुपर्ने भएकोले ठूलै रकम आयातको नाममा घट्ने निश्चित भएको छ । प्राधिकरणका अनुसार विस्तारै अब हिउँदमा पनि आयात गर्न नपर्ने प्रणालीको विकास हुने भएको छ । प्राधिकरणले माथिल्लो तामाकोशी आएपछि भने निर्यात घटाउँदै गएको हुँदा तर अहिले देखिएको शून्य निर्यात सधैको लागि नभएको उनको भनाइ छ ।

यस्तो आयात तथा निर्यात आवश्यकतामा निर्भर हुन्छ । कुनै बेला भारतीय ग्रीडलाई नेपालको र नेपालाई भारतीय ग्रीडको सपोर्ट चाहिने हुँदा आयात निर्यात केही मात्रामा तलमाथि भइरहने गरेको उनी बताउँछन् । सोही अनुसार अहिले ४९७ मेगावाट प्र्रतिघण्टाको निर्यात ट्रंक लाइनबाट जाने आउने हुँदाको इन्टरनेसनल प्राक्टिस मात्रै भएको पनि भट्टराईले बताए । यस्तो आयात निर्यात भने खुला बोर्डर जस्तै आवश्यकता अनुसार साटसाटा हुने वा वरपर हुने मात्रै हो । यस्तो बिजुली कहिले हाम्र्रो सिस्टममा धेरै बिजुली आएको देखिन्छ त कहिले गएको पनि देखिन्छ ।

औपचारि रूपमा निर्यात हुने चाहिँ १३१ केभीको लाइनबाट मात्रै हुने भट्टाराई बताउँछन् । त्यो लाइनबाट अहिले निर्यात गर्ने अधिकार नभएकोले औपचारिक निर्यात नमानिए पनि हाम्रो सिस्टमले बिजुली निर्यात भएको वा आयात भएको अवस्थामा पैसा आउने र तिर्नुपर्ने चाहिँ देखाउँछ । यस्तो बिजुली डेटिकेटेड लाइनलाई सपोर्ट गरेवापत पैसाको कारोबारसमेत हुने उनले बताए ।

पछिल्लो समय बिजुलीको पीक आवर डिमाण्ड पनि करिब १७ सय मेगावाट प्रतिघण्टासम्म पुग्ने गरेको छ । अहिले चाहिँ सबैभन्दा कम डिमाण्ड हुने समय भएकोले १४९२ मेगावाट प्रतिघण्टाको मात्रै छ । जाडो महिना लागेकोले गर्मी महिनाको जस्तो डिमाण्ड हँुदैन भने रातको समयमा पनि बिजुलीको माग घट्दो क्रममा रहेको छ । त्यसो हुँदा रातको समयमा भने अहिले नै बिजुली खेर गइरहेको प्राधिकरणका प्रवक्ता भट्टराई बताउँछन् ।

प्राधिकरणको तथ्यांक अनुसार मंगलबार साँझ बिजुलीको माग २६६७४ मेगावाट प्रतिघण्टा रहेको छ । यस्तो बिजुलीमा निजी क्षेत्रको योगदान १३५७२ मेगावाट प्रतिघण्टा रहेको छ । बाँकी नेपाल विद्युत प्राधिकरण र यसको सहायक कम्पनीबाट उत्पादित बिजुलीले बजारकै माग धानिरहेको छ । प्राधिकरणका अनुसार भारतले माग्दा बिजुली दिने गरिएको भएपनि रातको समयमा भने खपत नहुने हुँदा बिजुली खेर जाने गरेको छ ।

यस्तो बिजुली दैनिक दुई हजार देखि तीन हजार मेगावाट प्रतिघण्टासम्म खेर जाने गरको पनि प्राधिकरणले जानकारी दिएको छ । बिजुलीका आयोजना बन्द हुने तथा मर्मत गर्नुपर्ने हुँदा कुनै दिन १५ सय मेगावाट प्रतिघण्टा त कुनै दिन त्यो भन्दा बढी खेर जाने गरेको छ । आवश्यकता आपूर्तिको प्रणालीमा चल्ने भएकोले कुनै दिन खेर नै नजाने पनि हुन्छ । रातको समयमा खेर गएको बिजुलीका भने प्राधिकरणले गर्न सक्ने आम्दानीमध्येको करोडौ रकम हुने गरेको पनि उल्लेख छ ।  

Advertisement

Advertisement