बीमा पुल यातायातमा अनधिकृतरुपमा अशुलिएको रकम लुकाउने ठाउँ होः पराजुली

Advertisement

काठमाडौं । सुकल्याण पराजुली विगत २५ वर्षदेखि बीमा क्षेत्रमा आवद्ध छन् । उनले प्रभु इन्स्योरेसबाट आफ्नो बीमा क्षेत्रको यात्रा सुरू गरेका हुन् भने हाल उनी बीमा विज्ञको रूपमा परिचित छन् । उनले निजीदेखि सरकारी बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने लक्ष्य लिएर अघि बढेको बताएका छन् । एक वर्षअघि उनी सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको बजार विज्ञको रूपमा कार्यरत थिए । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले बीमा बजारबारे फरक विचार राखेका छन् । 

बीमा कम्पनीको पूँजी वृद्धि आवश्यक छ
बीमा कम्पनीको पूँजी वृद्धि उनीहरूको क्षमतासँग जोडिन्छ । जग जति बलियो भयो सोहीअनुसार बीमा कम्पनीको क्षमता निर्धारण हुन्छ । विगतका एक अर्बमा सीमित बीमाको बजार अहिले निकै बढेको छ । निर्जीवन बीमामा मात्रै ३० अर्ब रुपियाँभन्दा ठूलो बजार बिस्तार भइसकेको छ । पछिल्लो समय जारी भएको पूनर्बीमा निर्देशिकाले पनि नेपालमा नै जोखिम राखौं भनिरहेको छ । यस्तो अवस्थामा बीमा कम्पनीका पूँजी बढाउनुपर्छ र यसमा कुनै पनि ढिलाई गर्नुहुन्न भन्ने मेरो धारणा हो । 

Advertisement

बीमा कम्पनीलाई लाइसेन्स
लाइसेन्स दिनेको काम सरकारको नीतिअनुसार आउने कुरा हो । बजारले माग गरेअनुसार निर्धारण गर्नुपर्छ । ग्राहकले विकल्प खोज्ने भनेको अहिले भएका कम्पनीले राम्रो सेवा दिएनन् भने चाहिं ठिकै पनि हो । अहिले विश्व बजार ननट्यारिफ व्यवसायकै आधारमा चलेको छ । धेरै कम्पनी आए भने ग्राहकलाई छान्ने अवसर मिल्छ । होटल र परिकार छान्न मिले जस्तै बीमामा पनि विविधिकरण आवश्यक छ । विश्व बजारले विविधिकरण नै खोज्छ  ।

बीमा कम्पनी गाभ्नु, मर्जरमा लानु जायज होइन 
यो विषयमा बीमा समितिले पनि अध्ययन गरिरहेकै होला । भोलि राम्रो हुँदा जस पाउने समिति हो भने नराम्रो हुँदा अपजस बोक्ने पनि समिति नै हो । हामीले आफ्नो धारणा राख्ने कुरा एक ठाउँमा छ । तर कोरोना बीमा जस्तो यसमा मनलाग्नी नहोस भन्ने सबैको अपेक्षा हो ।

बीमा समितिको अध्यक्षले पनि एकलौटी निर्णय गर्ने त होइन होला । त्यहाँ पनि सल्लाहकार छन् । उनीहरूले सही सुझाव देलान भनेर हामी सबैले बुझ्ने हो ।
जसरी हामीलाई घरमा आगो लाग्दा भाग्न एउटा ढोका राख्ने हो कि ? धेरै वटा भन्ने कुरा हामीले आफैले मूल्यांकन गर्छौं । त्यसरी नै बीमा समितिले पनि बजारमा हिमाल चढ्दा ज्याकेट लाउने र तराई जाँदा पातलो कपडा लाएजस्तै व्यवस्थापन मिलाउँनुपर्छ । हामीले त आवश्यक परेमा सल्लाह दिने मात्रै त हो । काम गर्ने समिति हो । 

नयाँ बीमा कम्पनी खोल्ने भूमिकामा आकर्षण
बीमाको महत्व दैनिक रूपमा नै बढ्दो छ । मैले आफूले गर्न मिल्ने सबै कुराको बीमा गरेको छु । ग्राहकले आफू सुरक्षित हुन्छु भनेर बीमा गर्ने हो । त्यसको मतलब बीमा अहिले आवश्यकता बनेको छ । अहिले बीमा जीवनको चौथौ आवश्यकता बनेको छ । त्यसैले कम्पनी खोल्न सबै तम्सिएका हुन सक्छन् । बैंक नहुँदा बरू जीवन चल्छ । तर बीमा नहुँदा जोखिम बहन गर्ने कोही हुँदैन । सापट माग्दा पैसा पाइन्छ । तर आगलागी हुँदा अरूले जोखिम बहन गर्दैनन् । यसमा हामीले नेपालमा परपरागत रूपमा चलिरहेको बीमालाई परिमार्जन गर्न आवश्यक छ ।

विगतमा यातायातको बीमा गर्दा दुई पाँच सय छुट दिइन्थ्यो । त्यो पैसा कसले हाल्थ्यो त खोई ? कस्ले खोज्या छ ? बीमा पुल त यातायातमा विकृतिका रूपमा खाएको दुई–पाँच सयका विकृति ढाक्ने ठाउँ हो । अहिले हामीले यो सत्य कुरा भन्नु पनि पर्छ । किनभने हामी अहिले कुनै पनि कम्पनीमा आवद्ध छैनौं । बजारमा हर्दा हामीले यो सहजै पाउन सक्थ्यौं । तथ्यांक हेर्दा पनि यो फेला पर्छ । यातायातमा लेखन्दासले नै दुई सय त छुट दिन्छ नि । यसमा खुल्ला प्रतिस्पर्धामा जान आवश्यक छ । पुल र कोष थपेर मात्र हुँदैन ।

अब पूरानो व्यवसाय खोसाखोस गर्नु भन्दा नयाँमा जानु आवश्यक छ । एउटा विकृति रोक्न अर्को विकृति जन्माउने प्रवृत्ति हावी छ । बैकंको पहुँचबाट बीमा क्षेत्र पनि सिक्न जरूरी छ । विकट गाउँ, कर्णाली र दुई नम्बर प्रदेशमा पनि सबैले हेर्न जरूरी छ । पुल छोडेर खुल्ला बजारमा जान जरूरी छ । जीवन बीमाभन्दा निर्जीवन बीमामा अभिकर्ता कम हुन्छन् । व्यवसायीक रूपमा मात्रै काम गर्नेलाई अनुदान दिने प्रवृत्ति हट्नुपर्छ । रूकुम, रोल्पा हुम्ला, जुम्लाका नागरिकलाई पनि प्राथमिकतामा राख्नु पर्छ । 

बीमितले दाबी भुक्तानी नपाउनुका मुख्य कारण 
सबैभन्दा पहिला आफ्नो क्षमताको विकास गर्नुपर्छ । अरूलाई दोष लगाएर मात्रै हुँदैन । सबैभन्दा पहिला बीमितलाई बुझाउनुपर्छ । बीमाबाट रोजीरोटी गर्ने तथा बीमा कम्पनीले सबैभन्दा पहिला बीमा शिक्षाको लागि पहल गर्नुपर्छ । तर, यहाँ त जसले जे बुझेका छन्, त्यही नै बीमा हो भन्छन् ।  

ठूला र पुहँचवालाले पनि बीमाको लागि अनुशासित ढंगले दाबी भुक्तानी लिने प्रयास गर्नुपर्छ । त्यसका लागि सबैले निर्देशिका पढ्नुपर्छ । त्यसले भनेका कुरा बझ्नुपर्छ ।  बीमा भनेको अधिकार मात्र होइन । दायित्व पनि हो । भुईंको टिप्न खोज्दा पोल्टाको गुमाउनु हुँदैन । करको दायमा पनि आफ्नो व्यवसाय ल्याउनुपर्छ । वर्षभरीमा ५० लाख रूपियाँको कारोबार गर्नेले एकैपटमा ६० लाखको बीमा गर्नुहुँदैन । आफ्नो दायित्व पनि हर्न जरूरी छ । 

कम्पनी अझै व्यवसायिक छैनन् 
अझै पनि बीमा कम्पनीहरू व्यवसायिक भइसकेका छैनन् । विगतको जस्तै भनसुनमा नै बीमाको काम हुनेगरेका छन् । तर, यसमा सुधार हुनु जरूरी छ । अहिलेसम्मको लागि बीमितलाई मेरो सन्दैश भनेको चिनेजानेको मान्छे भएको कम्पनीमा नै बीमा गर्नुस् भन्ने हो । मेरो आगामी योजना पनि ग्रामीणस्तरमा बीमाको विकास गर्ने हो । 

Advertisement

Advertisement