व्यवस्थापन संकायको स्नातक तहमा सर्वोत्कृष्ट बबितालाई नेपाल बैंकले गर्यो सम्मान

Advertisement

काठमाडौँ । नेपाल बैंक लिमिटेडले त्रिभुवन बिश्वविद्यालय व्यवस्थापन संङ्काय अन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गरि नेपाल बैंक लिमिटेड छत्रमान सिंह केसी स्वर्ण पदक प्राप्त गर्न सफल छात्रा बबिता ग्वाछालाई सम्मान गरेको छ । 

भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनरत छात्रा बबिता ग्वाछालाई त्रिभुवन बिश्वबिद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वबिद्यालयका कुलपति शेरबहादुर देउवाले नेपाल बैंक लिमिटेड छत्रमान सिंह केसी स्वर्ण पदक प्रदान गरेका हुन् । 

Advertisement

वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपियाँको अक्षयकोष स्थापना गरि सुरु भएको उक्त पदक त्रिभुवन बिश्वबिद्यालय व्यवस्थापन सङ्कायमा सर्वोकृष्ट हुनेलाई प्रत्येक बर्ष त्रिभुवन बिश्वबिद्यालयको दिक्षान्त समारोहको दिन प्रदान गरिन्छ । 

नेपाल बैंक प्रधान कार्यालय धर्मपथ काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको नाममा स्थापित छत्रमान सिंह केसी स्वर्ण पदक प्राप्त गरेकोमा पदक विजेता ग्वाछालाई बधाई दिंदै सम्मान गरेका थिए । 

साथै, भविष्यमा अझ धेरै सफलता प्राप्त गर्न र नेपाल बैंकको गरिमा बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने शुभेच्छा व्यक्त गरेका थिए । कडा परिश्रमले सधैं सफलता मिल्दछ भन्दै यो पदक सम्पूर्ण विधार्थीहरुको लागि प्रेरणाको श्रोत बन्न पुगेको पनि उनले बताए ।

कार्यक्रममा पदक बिजेता विधार्थी ग्वाछाले नेपाल बैंककोे नाममा स्थापित स्वर्ण पदक प्रदान गरेकोमा बैक प्रति हार्दिक आभार व्यक्त गरेकी थिइन् । 

Advertisement

Advertisement