चेम्बरको ७०औँ वार्षिकोत्सवमा प्रकाशित हुलाक टिकटको प्रथम टाँचा

Advertisement

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको ७० औ वार्षिकोत्सवको अवसरमा प्रकाशित रु. ५ दरको  हुलाक टिकटको प्रथम दिवशीय आवरणमा संचार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीबाट टांचा प्रदान गर्ने कार्य सम्पन्न भएको छ । 

चेम्वर भवनमा आयोजित उक्त कार्यक्रममा नेपाल चेम्वरका अध्यक्ष मल्लले नेपाल चेम्वरले बिगत ७० वर्ष देखि मुलुकको आर्थिक क्षेत्रमा प्रदान गरेको योगदानलाइ कदर गर्दै संस्मरणान्मक हुलाक टिकट प्रकाशन गरी दिएकोमा संचार तथा सूचना प्रबिधि मन्त्रालयलाइ आभार प्रकट गरे ।

Advertisement

सो अवसरमा बिशिष्ट अतिथि संचार तथा सूचना प्रबिधि सचिव डा. वैकुण्ठ अर्यालले मुलुकको आर्थिक बिकासको लागि नेपाल चेम्वरले निर्वाह गरेको भूमिकालाई कदर गर्दै चेम्वरको ७०औँ वार्षिक उत्सवको अवसरमा हुलाक टिकट प्रकाशन गरिएको बताए । 

उक्त अवसरमा हुलाक सेवा बिभागका महानिर्देशक इन्दु घिमिरे, चेम्वरका पूर्व अध्यक्षद्धय महेश अग्रवाल तथा सुरेन्द्रवीर मालाकारको पनि उपस्थिति थियो ।   


 

Advertisement

Advertisement