ज्योति विकास बैंकद्वारा ट्राफिक लाईट हस्तान्तरण

Advertisement

काठमाडौँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ूहाम्रो विकास प्रवर्द्धन कोषू मार्फत काठमाडौं महानगरपालिका वडा नं १ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाईट आज एक समारोहकाबीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।

बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं १ का वडा सदस्य अशोककुमार श्रेष्ठद्वारा संयुक्त रुपमा ट्राफिक लाईटको उद्घाटन गरिएको थियो । 

Advertisement

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट लगायत बैंकका विभिन्न पदाधिकारीहरु र महानगरीय ट्राफिक प्रहरी वृतका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख भट्टराईले बैंकले गरेको कार्य निकै सराहनीय रहेको र बैंकप्रति धन्यवाद ज्ञापन गरे ।  

ट्राफिक लाईट जडान तथा संचालन भए संगै महेन्द्र शालिक चोकमा राखिएको ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापनन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
 

Advertisement

Advertisement