कपाल प्रत्यारोपण गर्न ३ लाखसम्म ऋण पाइने, सनराइज बैंकद्वारा विभिन्न अस्पतालसँग सम्झौता

Advertisement

काठमाडौँ । सनराइज बैंक र सिद्धार्थनगर सिटि हस्पिटलबीच सम्झौता भएको छ । सोमबार  सिद्धार्थनगर सिटि हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेल, डर्माटोलोजी विभाग प्रमुख चन्द्रमोहन शाह र बैंकका शाखा प्रमुख हरिहर सुवेदीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

अस्पतालले बैंकसँग सहकार्य गरेर किस्ता बन्दी सुविधा दिने भएको हो । कपाल प्रत्यारोपण लगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रबन्ध निर्देशक पौडेलले बताए । 

Advertisement

बैंकले प्रत्यारोपणको लागि पचास हजारदेखि तीन लाखसम्म यस्तो ऋण बिना धितो नै शुन्य ब्याजदरमा उपलब्ध गराउने छ । अठार महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागी आयस्रोत भने खुलाउनु पर्ने जनाइएको छ । लग्जरी सुबिधा भएकाले एकै पटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको बैकका भैरहवाका शाखा प्रमुख हरिहर सुवेदीले बताए ।

बैंकले ग्राहकरुलाई नयाँ र समय सापेक्ष सेवाहरुलाई प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकहरुले आफ्नो आवश्यकतालाई भविष्यको लागि थाति राख्न नपरोस भनेर बाई नाउ पे लेटर योजना अन्र्तगत विभिन्न सेवा र सुविधाको इउमआई फेसिलिटी दिदै आएको छ । 

यस अघिपनि बैंकले चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौंको कोटेश्वरस्थित के३३ हेयर होटल, विशालनगरस्थित ओरिजिन हेल्थ केयर एण्ड रिसर्च, बालुबाटारको हेल्थ च्वाइस न्यूट्रेशन एण्ड फिटनेश क्लिनिक र  र पोखराको फेवा हेल्थ केयरमा कपाल प्रत्यारोपण÷प्रतिस्थापन गर्न आउने सेवाग्राहीलाई किस्ता बन्दी (ईएफआई) सुविधा दिने सम्झौता गरिएको  छ । 

अहिले नेपालमा मात्र नभइ विश्व भरि मानिसमा कपाल झर्ने र कपाल पातलो हुने समस्या बढ्दै गएको छ र मानिसहरुमा कपाल प्रत्यारोपण गर्ने प्रवृति पनि संगसंगै बढ्दै गएको छ । यस सेवालाई अझै सहजिकरण गर्न र ग्राहकलाई एकै चोटि आर्थिक भार पर्न नदिन सनराइज बैंकले उक्त व्यवस्था मिलाएको जनाएको छ । 

Advertisement

Advertisement