‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’ लोकार्पण

Advertisement

काठमाडौं । स्वर्गीय समाजसेवी सीताराम ढकालले गरेका योगदानहरु समेटिएको पुस्तक ‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’ शनिबार लोकार्पण गरिएको छ । 

स्वर्गीय ढकालका छोरा भीम ढकालले आफ्ना आमा बाबुको सम्झनामा गत बर्ष स्थापना गरेको ‘सीताराम–पदमकुमारी फाउण्डेशन’ नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो । भीम ढकाल नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक हुन् । 

Advertisement

जीवनभर भोजपुर र काठमाडौंमा सामाजिक सेवामा सक्रिय रहेका स्वर्गीय सीताराम ढकालको योगदानलाई सम्मान गर्दै उनको अभियानलाई कायम राख्न फाउण्डेशन स्थापना गरिएको हो । ढकालले आमाबाबुको सम्झनामा १० लाख रुपियाँको अक्षय कोष पनि स्थापना गरी सामाजिक कार्य सुरु गरेका छन् । उक्त रकमबाट न्यून आयस्तरका विद्यार्थीहरुको अध्ययनमा सहयोग गरिँदै आएको छ । 

फाउण्डेशनकी उपाध्यक्ष विन्दु ढकालले सामान्य परिवारमा जन्मिएर पनि स्वर्गीय ढकालले समाजसेवामा महत्वपूर्ण योगदान दिएको स्मरण गरिन् । गाउँमा विद्यालय स्थापनादेखि ग्रामीण सडक, खानेपानी, बिद्युत सेवा पुर्याउन पाँच दशक सक्रिय रहेका स्वर्गीय ढकालले गाउँमा पार्टी पौवा निर्माण र संरक्षणमा पनि योगदान दिएका थिए । २०५६ सालमा काठमाडौं आएपछि स्वर्गीय ढकाल समाज सेवामा झन सक्रिय भएको बताइन् । 

Advertisement

Advertisement