सिटिजन लाइफका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट

Advertisement

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । 

कम्पनीसंग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज गराउन स्वास्थ्य सम्वन्धि आवश्यक सहयोग पुर्याउने उद्देश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयरसुविधा अन्तर्गत ओम हस्पिटलसंग सम्झौता गरेको जनाएको छ । 

Advertisement

उक्त सम्झौता अनुसार सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा निजका परिवारका सदस्यहरुले ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्ने छन् ।

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा सिटिजन लाइफका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, अस्पतालका व्यवसाय विकास व्यवस्थापक बिनोद अधिकारी र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती थियो ।
 

Advertisement

Advertisement