बीओकेका ग्राहकलाई द शुशी बारमा १० प्रतिशत छुट

Advertisement

काठमाडौँ । बैंक अफ काठमाण्डू (बीओके) र द शुशी बारबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पश्चात् ग्राहकहरुले द शुशी बारमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमष्ुठ छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

Advertisement

द शुशी बारले काठमाण्डौं स्थित छाँया सेन्टर, ठमेलबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । 

बीओकेले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ । 

Advertisement

Advertisement