समाजसेवी कार्य गरेर मनाइयो एमभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलालको जन्मोत्सव

Advertisement

काठमाडौँ । एमभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़को ७५औं जन्मोत्सव गत शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

६६६ युनिट रगत संकलन, ६३ जनाको निःशुल्क आँखाको शल्यक्रिया, २७३५ वटा वोटविरुवा वृक्षारोपण, ६४ जना वृद्धाहरुलाई खाना र २५ जना आर्थिक रुपले कमजोर विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको छात्रवृत्ति घोषणा गरी अध्यक्ष दुगड़को जन्मोत्सव सम्पन्न गरिएको हो । 

Advertisement

ग्रुपका विभिन्न डिपार्टमेन्टल हेडहरु लगायत बरिष्ठ कर्मचारीको सहभागितामा कुनै पनि पार्टी, भोज भतेर, अनावश्यक जमघट, भेला आदी अनुत्पादन कार्य नगरी विभिन्न समाजसेवी कार्य गरिएको हो । 

यसैक्रममा जन्मोत्सवका अवसरमा विभिन्न शाखाहरुबाट ६६६ यूनिट रगत संकलन गर्न गरिएको हो । जन्मोत्सवकै पूर्व सन्ध्यामा सोलुखुम्बु र रामेछापमा निशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ । शिविर पुस १८ गतेदेखि २३ गतेसम्म सम्पन्न भएको हो । 

सोलुखुम्बु र रामेछापको गोकुल गंगा, रस्नालु, प्रिती उमाकुण्ड, भण्डार हस्पिटल गुम्देल हेल्थपोष्ट, चौलाखर्क हस्पिटल र एमभी दुगड़ ग्रुप-हाइड्रो डिभिजन, किन्जा सिटी हाउजिङ्ग गरी विभिन्न ६ स्थानहरुमा शिविरको आयोजना गरिएको थियो । उक्त शिविरमा ७०/८० वर्षका वृद्धा बुवा/आमाहरु बढी लाभान्भित भए । शिविरमा ९५० जनाले आँखा जाँच गरेका थिए, जसमध्ये ६० जनाको मोतिया बिन्दुको र ३ जनाको आँखामा मासु पलाएकाकोमा सफल शल्यक्रिया गरिएको थियो । 

त्यसैगरी दुगड़का सम्पूर्ण कर्मचारीहरुले देशव्यापी रुपमै वृहत वृक्षरोपण कार्यक्रमको पनि आयोजना गरेका थिए । शाखाहरुबाट २७३५ आँप, केरा, लिचि, अम्वा, अमला, असोका, तेजपत्ता, निम, पिपल, कपुर, मेवा, धुपी, मलेसियन साल, अनार, सरिफा, रुद्रक्ष, सपाटु लगायतका अन्य वोटविरुवाहरु विभिन्न सार्वजनिक ठाउँहरु, स्कुल, मन्दिर परिसर, रोडहरुको छेउमा, काठमाडौँ र हेटौँडा औद्योगिक क्षेत्र र डोलेश्वर महादेव परिसर भित्र वृक्षारोपण गरियो ।  रोएिका वृक्षहरुको हेरचाहको जिम्मा एमभि दुगड परिवारलेनै लिएको छ ।  

जन्मोत्सवकै पूर्व सन्ध्यामा बीरगंजमा स्थित मानव सेवा आश्रमका ६४ जना बृद्धाहरुलाई खाना खुवाएका थिए । 

ग्रुपका उपाध्यक्ष विवेक दुगड़ले बुबाको जन्मउत्सवमा सामूहिक पार्टी, भोज भत्तेरलाई निरुत्साहित गर्दै उच्च शिक्षा अध्ययन पूरा गर्ने सपना बोकेका आर्थिक रुपमा विपन्न २५ जना विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको घोषणा गरेको पीआर हेड बिमला थापाले जानकारी दिइन् । 
 

Advertisement

Advertisement