अजोड इन्स्योरेन्सले पर्वतमा गर्यो घुम्ति बीमा सेवा कार्यक्रम

Advertisement

काठमाडौँ । अजोड इन्स्योरेन्सको आयोजनामा पुस २८ र २९ गते पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. ७, धाइरिङमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ । 

जलजला गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए । 

Advertisement

कार्यक्रममा अजोडका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए । 

सो कार्यक्रममा धाइरिङका कृषकहरु, कम्पनीका बजार विभागका नायब प्रवन्धक यादवप्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement