काठमाडौं । बोनश दर निर्धारणमा नेशनल लाइफ अब्बल साबित भएको छ । अरु पूराना बीमा कम्पनीले फ्युचर बोनस प्रोभिजनिङकै कारण बोनस दर घट्ने बताईरहँदा नेशनल लाइफ भने त्यसको अपवाद देखिएको हो ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश खत्रीले कर्पोरेट नेपालसँग भने, ‘केही महिनाअघि फ्युचर बोनस प्रोभिजनेले जीवन बीमा कम्पनीको बोनस दर घट्छ भन्ने चर्चा चलेको थियो । केही हदसम्म प्रभाव पार्छ भन्नेमा त हामी पनि सहमत नै थियो । तर नेशनल लाइफको बोनस दरमा त्यति ठूलो प्रभाव पर्दैन भन्न हाम्रो आँकलन थियो । अहिले सोहीअनुसार हामीले विगतकै बोनस दर कायम गर्न सफल भएका छौं ।’
उनले आफूहरू पूरानै बोनस दर कायम गर्न सफल भएको भन्दै यसले बीमितले पाउने बोनस दरमा धेरै फेरबदल भएको बताए । तर फ्युचर बोनस प्रोभिजनिङ लागू गर्दा बीम कम्पनीले अधिकतम बोनस दिँदा त्यसले कम्पनीलाई कमजोर बनाउने पनि बीमा समितिले तर्क गरेको थियो ।
सीईओ खत्रीले भने थिए, ‘फ्युचर बोनस प्रोभिजनअनुसार जाँदा पूरानै बोनस दर कायम गर्दा त्यसले कम्पनीलाई कमजोर बनाउँछ भन्ने कुरा अन्य केही कम्पनीको हकमा सत्य होला । तर नेशनल लाइफ शक्तिशाली छ । हाम्रो बोनश दर घटेन नघट्ने भन्ने कुरा आफै देखिने कुरा हो ।’
उनले नियामक बीमा समितिमा पनि आफूहरूले नयाँ बोनस दर पठाएको र समितिको एक्चुरीले गहन अध्ययन गरेपछि मात्रै बोनस दर स्वीकृत हुने भएकाले आफ्नो नयाँ बोनस दरले नेशनल लाइफ अब्बल छ भन्नेमा आफै देखिएको प्रतिक्रिया दिएका छन् ।
नेशनल लाइफले आर्थिक वर्षको बोनस दर स्वीकृत गरेको छ । कम्पनीले स्वीकृत गराएको नयाँ बोनस दरअनुसार न्यूनतम बोनस दर ६३ तथा अधिकतम दर ८५ रूपियाँ रहेको छ । आर्थिक वर्ष २०७५–७६ उक्त दरमा बीमा गराइरहेको कम्पनीले आर्थिक वर्ष २०७६–७७ मा सोही बोनस दरका लागि स्वीकृति पाएको हो ।
अहिले जीवन बीमा कम्पनीले धमाधम आर्थिक वर्ष २०७६–७७ को बोनस दर स्वीकृत गराइरहेका छन् । पूराना तथा ठूला बीमा कम्पनीले दिने बोनस दरमा बीमितको आकर्षण रहने भएकाले यसमा बीमा कम्पनीहरूले बोनस दरमा प्रतिस्पर्धा गर्ने गर्छन् ।
बीमा समितिले बोनस दर निर्धारण गर्दा कहिले काहीं बीमा कम्पनी आफै कमजोर भए पनि बीमितलाई दिने प्रतिफलमा ण्कुनै असर नपरोर भनेर फ्युचर बोनस प्रोभिजनिङ लागू गरेको बताउँदै आएको छ ।