सन् २०२१ मा स्पेनको अर्थतन्त्र पाँच प्रतिशतले वृद्धि

Advertisement

मड्रिड । स्पेनको अर्थतन्त्र सन् २०२१ मा पाँच प्रतिशतले वृद्धि भएको छ । सरकारको एक वर्षअघिको लक्ष्यभन्दा यो वृद्धि केही तल देखिएपनि यसलाई राष्ट्रिय तथ्याङ्क कार्यालयले सन्तोषजनक भनेको छ । 

सरकारले सन् २०२१ मा कूल गार्हस्थ उत्पादन ६.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो यद्यपि पाँच प्रतिशतको वृद्धि पनि यूरोजोनको सबैभन्दा खराब नतिजामध्ये एकमा परेको स्पेनका लागि सन्तोषजनक मानिएको हो । 

Advertisement

सन् २०२० मा स्पेनको कूल ग्रार्हस्थ उत्पादन अघिल्लो बर्ष (सन् २०१९)का तुलनामो झन्डै ११ प्रतिशतले घटेको थियो । रासस÷एएफपी ।  

Advertisement

Advertisement