‘सिजि मेरिडिया’ प्रिमियम वाशिङ मेसिन बजारमा

Advertisement

काठमाडौँ । सिजि ब्राण्ड अन्तर्गत सिजिको आफ्नो ‘सिजि मेरिडिया’ प्रिमियम वाशिङ मेसिन बजारमा आएको छ । सिजि मेरिडिया वाशिङ मेसिन ‘स्पाकेयर’ र ‘स्टेरिलाइजेशन’ जस्ता उतकृष्ट प्रविधिबाट तयार परिएको सिजि ब्राण्डको लक्जरी उत्पादनहरू मध्ये एक हो ।

आफ्ना सुरूवाती दिनहरूदेखि नै सिजि ब्राण्डले उन्नत प्रविधिको उत्पादनहरू नेपाली बजारलाई उपलब्ध गराएर विश्वास र लोकप्रियता बटुल्दै आइरहेको  कुरा सर्व बिदितै छ । प्रविधिको क्षेत्रमा नवीनता र आयम भित्र्याउँदै सिजि ब्राण्ड आज हरेक नेपालीको मनमा बस्न सफल भएको छ ।

Advertisement

हालै बजारमा आएको यस ‘सिजि मेरिडिया वाशिङ मेसिन’ को मूल विशेषताहरूमा  ‘बी ड्राइभ इन्भर्टर मोटर’, ‘स्टेरिलाइजेशन’, र ‘स्पाकेयर’ हुन् । सिजिले ‘बिएलडिसी’ यानिकि, ‘ब्रशरहित डाइरेक्ट करेन्ट मोटर’लाई आफ्नै मौलिक नामकरण गरी राखेको यस  ‘बी ड्राइभ इन्भर्टर मोटर’ प्रविधि धेरैभन्दा धेरै विशेषताहरू बोकेको प्रविधि हो । सो प्रविधिको पहिलो विशेषता हो, ‘इन्डक्सन मोटर’ र ‘ब्रश डिसी मोटर’ भन्दा कुशल कार्य क्षमता । 

‘बि ड्राइभ इन्भर्टरको मोटर’को दोस्रो विशेषता हो, कमभन्दा कम ध्वनि उत्पन्न गर्नु । यस मोटरलाइ कार्य सम्पादन गर्न तत्कालीन ‘इन्डक्सन मोटर’ र ‘ब्रश मोटर’ भन्दा कम उर्जा चाहिने भएको ले कम ध्वनि उत्पन्न गर्नु यस वाशिङ मेसिनको स्वतः स्वभाव बन्दछ । 

त्यसैगरी, ब्रश प्रविधि नराखी डिजाइन गरिएको ले यस उपकरण ‘सर्ट सर्किट’ जस्ता जोखिमबाट मुक्त छ, जसले गर्दा  ब्रश भएको अन्य वाशिङ मेसिनको तुलनामा यस मेसिन लामो अवधिसम्म टिक्दछ । र, बिग्रिन्ने सम्भावना न्यून भएको कारणले ‘बी ड्राइभ इन्भर्टर मोटर’ को विशेषता कम मर्मत खर्च पनि हो । 

त्यसैगरी, ‘स्टेरिलाइजेशन’ प्रोग्रामले मूलतः कपडालाई ७० डिग्री तापक्रमको पानीमा आधा घण्टाभन्दा बढी धोएर कपडामा भएको ‘प्याथोजेनिक कीटाणु’लाई निशक्रिय पार्छ । त्यसैगरी, ‘स्पाकेयर’ यस उपकरणमा रहेको अर्को लोभ्याउँने पक्ष हो, जसले कपडामा भएको ९९.९९ प्रतिशतभन्दा बढी कीटाणुलाई नाश गर्दछ । कपडाको मुख्य सफाईभन्दा अघिल्लो चरणका लागि राखिएको यस विशेषताले पानीलाई मनतातो बनाउँछ र चिसो मौसममा पनि कपडा धुन सहज र आरमदायी बनाउँछ । 

प्रविधिको नवीन प्रयोगमा विशेष चासो राख्ने सिजि ब्राण्डले यस वाशिङ मेसिनको हरेक ‘फिचर’लाई बिशेष ध्यानमा राखी बनाएको उपकरण हो । 

‘कनेक्सन किट’ को साथ ‘फ्रन्ट लोडिङ वाशर’ माथि ‘ टम्बल ड्रायर’ राखेर थोरै ठाउँमा पनि राखेर चलाउन सकिन्ने यस नयाँ अवधारणा को मेसिनमा ‘आकर्षक नब्’, ‘एर्गो डिजाइन’ ले थप आकर्षण थपेका छन्, भने ५५० मिलिमिटरको यस वाशिङ मेसिनमा ‘४४० मिलिमिटरको ढोका’ रहेको छ, जसले कपडा निकाल्न र कामको प्रगति निरीक्षण  गर्नमा सहजता प्रदान गर्दछ । 

सिजि ब्राण्डले आगामी दिनहरूमा ‘सिजि मेरिडिया’ नाम अन्तर्गत आफ्ना अरू पनि थुप्रै उत्पादनहरू बजार ल्याउने कुरा पनि कम्पनीले जनाएको छ ।
 

Advertisement

Advertisement