स्मार्टडोकोले ल्यायो ‘डोको भरि माया’ अफर

Advertisement

काठमाडौँ । भ्यालेन्टाईन्स डेको अवसरमा स्मार्टडोको प्रस्तुत गर्दछ ‘डोको भरि माया’ अफर । यस अवसरमा ग्राहकहरुले आफ्ना प्रियजनहरुका लागि प्रेमपुर्वक उपहारहरु जस्तै परफ्युम, स्मार्टवाच, कपल टिसर्ट तथा अन्य आकर्षक सामानहरुमा ७२५ सम्मको छुट पाउन सक्नेछन् ।

यस अवसरको अवधिमा स्मार्टडोकोसँग किनमेल गर्नुहुने ३ भाग्यशाली ग्राहकहरुले रु २५०० को स्मार्टडोको गिफ्ट कार्ड जित्ने अवसर पाउन सक्नेछन् । साथै यस अवसरमा ‘डोको भरि माया ट्याग एण्ड विन गिभअवे’ पनि समावेश गरिएको छ जहाँ ४ भाग्यशाली कमेन्टरहरुले स्मार्टडोकोबाट आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन् ।

Advertisement

उपहारहरु निम्न अनुसार रहेका छन्:
१. स्मार्ट हृस्ट ब्यान्ड, टोबलेरोन डार्क चकलेट र गुलावको फूल । 
२. डट एण्ड कि कस्मेटिकस्, टोबलेरोन डार्क चकलेट र गुलावको फूल । 
३. हर्नबुल वालेट र बेल्ट उपहार सेट, टोबलेरोन डार्क चकलेट र गुलावको फूल । 
४. कर्भ डिजाइन स्मार्टवाच, टोबलेरोन डार्क चकलेट र गुलावको फूल । 

स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रडक्टहरु छन् । ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड–१९का लागि आवश्यक सामग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड ब्यूटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले विहान ९ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन् ।

स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र निःशुल्क डेलिभर र रिङरोडभन्दा बाहिर तथा नेपालका सम्पूर्ण ७७ जिल्लामा निकै कम शुल्कमा सामान डेलिभरीको सुविधा पाउन सक्नेछन् । यो अफर माघ २६ देखि फागुन १ सम्म मान्य हुने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement